Homeसमाचार‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’

‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’

विर्तामोड । नेपालीकांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापाका पूर्व सभापति खनुपरुदे रामबाबु प्रसाईको नवौं पुण्यतिथि पारेर नेपाली कांग्रेस झापाले शोकसभा सम्पन्न गरेको छ । प्रसाईको ९९ बर्षको उमेरमा गत असोज २३ गते काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
सत्यवादी, निष्ठावान नेताका रुपमा परिचित रामबाबुको ब्यक्तित्वको स्मरण गर्दै झापाका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले भन्नुभयो–‘उहाँ बचनमा पक्का हुनुहुन्थ्यो– शतिशाल जस्तो । अर्काको अहित सोच्दै नसोच्ने ब्यक्ति, आस्था, समयमा पनि पक्का हुनुहुन्थ्यो ।’ ‘वी.पी.का असल अनुयायी’–नेता सिटौलाले भन्नुभयो–‘कांग्रेसलाई हानीहुने काम कहिल्यै गर्दिन भन्नुहुन्थ्यो । अध्यात्ममा गहिरो चिन्तन थियो । त्यस्तो ब्यक्तित्व अहिलेसम्म मैले भेटेको छैन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले रामबाबु आफ्नो ब्यक्तिगत संरक्षक र राजनीतिक प्रशिक्षक रहेको चर्चा गर्दै २०३४ सालमा उहाँकै हातबाट क्रियाशील सदस्य थालिएको स्मरण गर्नुभयो ।
‘अत्यन्तै आधुनिक विचारधाराको मान्छे, कुरीति र कुसस्कारप्रति पटक्कै विश्वास नगर्ने’ नेता शिवाकोटीले भन्नुभयो–‘तथ्य र प्रमाण विना उहाँ पनि कहिल्यै बोल्नु हुन्नथ्यो, हामीले बोल्दा पनि तथ्य प्रमाणसहित बोल्नुपथ्र्यो ।’ ‘धनाढ्य ब्यक्ति भएपनि मितब्ययी र अत्यन्तै साधारण जीवन शैली थियो उहाँको’–शिवाकोटीले थप्नुभयो–‘नेता र कार्यकर्तालाई समानब्यवहार गर्नुहुन्थ्यो ।’ रामबाबु जिल्ला सभापति भएको बेला तत्काल रहेका ५१ वटा स्थानीय तहमा खुट्टाले हिडेरै पुग्नुभएको चर्चा गर्दै नेता शिवाकोटीले त्यसले कांग्रेसको संगठनमा धेरै ऊर्जा थपेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका कारण रामबाबुले प्रवासी जीवन, जेलनेल लगायतका यातना भोगेको स्मरण गर्दै रामबाबुले छोडनु भएको सत्य र निष्ठाको बाटोलाई आजका तमाम लोकतन्त्रवादीले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । रामबाबु गान्धीवादी नेता भएको चर्चा गर्दै नेता थापाले भन्नुभयो– ‘बोलेका कुरा जहिल्यै पुरा गरेरै छाड्ने बचनको पक्का समयको महत्वबुझ्ने, सत्यको पुजारी, थुप्रै सम्पत्तिको मालिक भएर पनि सादगी जीवन बिताउन चाहने, सबैप्रति समान व्यवहार गर्नुहुन्थ्यो।’ रामबाबुबाट समाज र राष्ट्रले आदर्श जीवनशैलीको अनुकरण गर्नुपर्ने नेता थापाको धारणा थियो ।
प्रसाईको स्मृतिमा एकमिनेट मौनधारण गरी प्रारम्भ भएको कार्यक्रममा पार्टीले तयार पारेको शोक बक्तब्य सचिव प्रेम सम्बाहाम्फेले प्रस्तुत गर्नुभएको थियो । शोकसभामा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, सचिव ताराविर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रचार विभागप्रमुख कृष्ण हुमागाई, जिल्ला सदस्यहरु विजय रिजाल, पार्वता गिरी, गोपाल उप्रेती, पुष्पराज पौडेल, चन्द्रप्रसाद गिरी, प्रदेश सभा सांसद ओमप्रकाश सरावगी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राप्रपा संयुक्तका केन्द्रीय सदस्य राजकुमार पोखरेल, शहीद पिता केदार शमसेर गिरी, प्रसाई परिवारबाट विवेक–संगिता प्रसाई, पदम प्रसाई, महासमिति सदस्य सुरेश सुब्बा, सिता पौडेल, टेकबहादुर खजुम, ट्रेड युनियन केन्द्रीय सदस्य उर्मिला ढकाल, झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, क्षेत्रीय सभापतिहरु गणेश पोखरेल, प्रदेश क्षेत्रीय सभापति भीम राजवंशी, किरण श्रेष्ठ, धर्म लक्सम्बा, नेपाल विद्यार्थी संघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, दिपेन्द्र पोखरेल, दिपेन पाठक लगायत सयौं नेता कार्यकर्ता तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
पञ्चायती व्यवस्थाको प्रतिबन्धित कालमा (२०४१ सालदेखि ०४७ सालसम्म) नेपाली काँग्रेस झापाको सभापति रहनुभएका प्रसाईले निरंकुश पञ्चायती व्यवस्थाको बिरोधमा नेपाली काँग्रेसले सञ्चालन गरेको क्रान्तिमा सरिक भएवापत भारतमा निर्वासित जीवन बिताउनु परेको थियो भने पटक–पटक जेल र हिरासतमा बस्नु परेको थियो ।
राजा महेन्द्रले २०१७ सालमा बीपी कोइराला नेतृत्वको दुईतिहाइ बहुमतको प्रथम जन निर्वाचित सरकार अपदस्त गरी बीपी लगायतका नेतालाई जेल हालेपछि रामबाबुले राजाको त्यो अप्रजातान्त्रिक कदमका बिरुद्ध इलाम स्थित आफ्नै निवासमा कालो झण्डा गाडेर बिरोध जनाउनु भएको थियो । सोही कारण तत्कालीन शाही सत्ताले रामबाबुलाई दुई बर्षसम्म जेल हालेको थियो ।
२०४६ सालमा भएको बाममोर्चा सम्मिलित संयुक्त जनआन्दोलनका क्रममा फगुन ०७ गते बिर्तामोडको मुक्ति चोकबाट पक्रऊ पर्नु भएका उहाँ आन्दोलन सफल भए पश्चात मात्रै जेल मुक्त हुनुभएको थियो ।
वि.सं. १९७८ साल माघ १६ गते जन्मिनुभएका प्रसाईले विर्तामोडस्थित देवी मा.वि., बुधबारे हटिया र कृषिथोक बजारलाई जग्गाप्रदान गरी विर्तामोडको शहरीकरणमा महत्वपूर्ण योगदान समेत पु¥याउनुभएको थियो । उहाँकाश्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप तथादुई छोरी पनिखम र खेचिम रहनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img