Homeसमाचार५ लाख मे. ट. मल ल्याउन शिव र ब्रम्हा आएपनि असंभव

५ लाख मे. ट. मल ल्याउन शिव र ब्रम्हा आएपनि असंभव

झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताउनु भएको छ ।
भगवान शिव र ब्रम्हाु आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् ।
४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा बोल्दै मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउँदै भन्नुभयो–‘तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि सक्ने व्यवस्था छैन ।’
कलकत्ताको पोस्टबाट अहिलेकै व्यवस्था अनुसार मल ल्याउनका लागि दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाई थियो । मन्त्री भूसालले भने –‘अहिलेकै आपूर्ति र मागका कुरा गर्दा पनि हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन् । कलकत्ताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ ।’
कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताएका मन्त्री भूसालले कृषि व्यवस्थाको परिवर्तनका बारेमा कम आलोचना हुँदा कृषिमा अपेक्षा अनुसार विकास हुन नसकेको समेत बताए । कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार५ लाख मे. ट. मल ल्याउन शिव र ब्रम्हा आएपनि असंभव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img