भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक दुई वटा सहकारी बीच एकीकरण सम्पन्न गरिएको छ । भद्रपुर ९ स्थित एउटै उद्देश्य बोकेका प्रकाश कृषि सहकारी र चन्द्रगढी मूल एकता कृषि सहकारी बीच एकीकरण सम्पन्न भएको हो ।
सहकारी एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी ऐन २०७४ को भावना अनुसार दुई सहकारी एकीकरण भएको घोषणा गरेका थिए ।
मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा प्रकाश कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, एकीकरण विवाद समाधान समितिका संयोजक दुर्गाप्रसाद भट्टराई, सहकारी अभियन्ता वशिष्ठ अधिकारी लगायतले धारणा राख्दै एक व्यक्ति एक सहकारी सदस्य नीति कार्यान्वयन तथा सहकारीमा पूँजी एकीकृतको अवसर एकीकरणले सहयोग पुग्ने धारणा राखेका थिए ।
प्रकाश र मूलएकता कृषि सहकारी एकीकरण

































































































