Homeसमाचारआफ्नो स्वार्थका लागि भ्रम नछर्न माछा व्यवसायीको अनुरोध

आफ्नो स्वार्थका लागि भ्रम नछर्न माछा व्यवसायीको अनुरोध

झापा । विर्तामोडमा आज सम्पन्न माछा व्यवसायीहरुको भेलाले आयात गरिएको माछामा विषादी भएको प्रमाण पुर्याउन विर्तामोड नगरपालिका समक्ष माग गरेका छन् ।
नेपाल माछा व्यापार कृषि श्रमिक संघमा आवद्ध माछा आयात गर्ने तथा विक्री गर्ने व्यापारीहरुको भेलाले नगरपालिकाले बाहिरबाट आयात गरेको माछामा विष हालेको हुन्छ भनेर अनावश्यक हल्ला फिँजाएको ठहर गर्दै प्रमाण पुर्याउन माग गरेका हुन् ।
भारतबाट माछा आयात गर्दा भारततर्फको क्वारेन्टायन र नेपालको पनि सिमानाका स्थित क्वारेन्टायनका डाक्टरले परिक्षण गरेरमात्र विषादी नभएको प्रमाणित सर्टिफिकेट दिएपछि मात्र माछा आयात हुने आयातकर्ता छेदी सहनीले बताउनु भयो । सहनीले भन्नुभयो–‘भारतबाट आउने माछा रोकेर आफ्नो उत्पादन महंगोमा विक्री गर्ने योजना हो, त्यो धनीमानीका लागि त ठिकै होला, तर गरिबले त खान सक्दैन, उहाँले नगरको पिता हो, सबैलाई बराबर हेर्नुपर्ने तर किन त्यसो गर्नुभयो ? थाहा छैन ।’


परीक्षणपछि सरकारको आधिकारिक संस्थाले दिएको रिपोर्टका आधारमा मात्र आयात हुने माछामा विषादी छ भनेर उपभोक्तामा गलत भ्रम छर्नु स्वार्थ प्रेरित भएको व्यवसायीहरुको आरोप छ ।
नगरपालिकाका प्रमुख आफैंले व्यवसायिक माछा पालन गरेका कारण बाहिरबाट आयात भएको माछा बन्द गरेर आफूले उत्पादन गरेको माछा महंगोमा विक्री गर्नका लागि विषादीको गलत हल्ला फिंजाएको उनीहरुको आरोप छ ।
व्यक्तिगत स्वार्थ राखेर व्यापारी, व्यवसायी र उपभोक्ताको पेटमा लात हानेको उल्लेख गर्दै बाहिरको माछा बन्द गरेर आफ्नो उत्पादन महंगोमा विक्री गर्ने स्वार्थमा नगरप्रमुखले नगरपालिकाबाटै निर्णय गराएको उनीहरुले बताए ।
विषादीको हल्ला भएपछि पछिल्लो तीनदिनयता विर्तामोडस्थित कृषिथोकको कृषि उपज बजारमा प्रतिपसल ४÷५ किलोभन्दा बढी माछा विक्री हुन नसकेको संघका जिल्ला अध्यक्ष सोनालाल साहले बताउनु भयो । माछा मासुमध्ये सबैभन्दा सस्तोमा पाउने माछा नै भएको बताउँदै सोनालालले भन्नुभयो–‘माछा गरिबले पनि दुई÷चार पीस लगेर खान सक्छ अहिलेको मूल्यमा, पारीको माछा रोकिने हो भने महंगो हुन्छ, प्रतिकिलो ४÷५ सय पुग्छ । त्यत्रो मूल्य हालेर धनीले त खान सक्ला गरिबले सक्दैन, मारमा त गरिब नै पर्ने हो । व्यापारि र गरिबको पेटमा किन लात हानेको हो, यस्तो त नपाउनुपर्ने ।’
उहाँका अनुसार त्यसअघि प्रतिपसल लगभग ५० देखि ६० केजीसम्म माछा विक्री हुने गरेको थियो । बाहिरबाट माछा आयात नहुँदा बजारमा माछाको मूल्य डबल हुने व्यापारीले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआफ्नो स्वार्थका लागि भ्रम नछर्न माछा व्यवसायीको अनुरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img