Homeसमाचाररोटरी क्लब अफ मेचीनगरको नेतृत्व चयन

रोटरी क्लब अफ मेचीनगरको नेतृत्व चयन

विर्तामोड। रोटरी क्लब अफ मेचीनगरको चार्टर प्रेसिडेन्टमा कपिल क्षेत्री चयन हुनुभएको छ । झापाको धुलाबारीमा आयोजित कार्यक्रमका बीच रोटरी क्लब अफ मेचीनगर गठन गरिएको हो ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा स्पोन्सर गरिएको रोटरी क्लब अफ मेचीनगरको प्रेसिडेन्ट इलेक्टमा अनन्त अवस्थी, प्रेसिडेन्ट नोमिनीमा सबिता भण्डारी, भाइस प्रेसिडेन्टमा कमल कोइराला, पब्लिक इमेज चेयरमा शर्मिला पाठक कट्टेल चयन भएका छन् ।
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, डिस्ट्रीक्ट ३२९२ द्वारा रोटरी क्लब अफ मेचीनगरका लागि नियुक्त एडभाइजर तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पास्ट प्रेसिडेन्ट शुभ कुमाइ पाठक, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी शिवकुमार अग्रवाल, प्रेसिडेन्ट इलेक्ट दिपेन्द्र पोखरेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा सहभागीहरु बीच रोटरीका बारेमा अन्तक्रिया समेत गरिएको थियो । अन्तक्रियामा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले सहभागीहरुलाई रोटरी र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले गर्दै आएको कार्यहरुको वारेमा जानकारी गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका मिडिया पर्सन तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोटरी क्लब अफ मेचीनगरको नेतृत्व चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img