HomeFeatured 2आमाको दशगात्र कर्ममा बसेका छोरा-बुहारी र छोरीमा कोरोना पोजेटिभ

आमाको दशगात्र कर्ममा बसेका छोरा-बुहारी र छोरीमा कोरोना पोजेटिभ

झापा । आमाको दशगात्र कर्ममा बसेका छोरा, बुहारी, छोरी र ज्वाँईमा समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
१३ दिन अघि मृत्यु भएकी झापा मेचीनगर नगरपालिका वडा नं–८ की ७२ वर्षीया आमाको मृत्यु भए पछि काजकिरीया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको मेचीनगर नगरपालिकाका सामाजिक बवकास समितिका संयोजक नबिन बरालले जानकारी दिनुभयो । १३ दिन अघि मृत्यु भएकी ७२ वर्षीया ती महिलाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । यद्यपि परिवारले आमाको मृत्यु कोरोनाले नभइ उपचार गर्न ढिलाइ भएका कारण मृत्यु भएको भन्दै शब आफैं अन्त्येष्ठि गरेको बताइएको छ ।
भारतबाट आएका तीनजनासहित शुक्रबार मेचीनगरका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाँईले जनाउनु भएको छ ।
उहाँका अनुसार विर्तामोड नगरपालिका वडा नंं–३ का १, भद्रपुरका– ४ र कनकाई नगरपालिकाका–२ सहित शुक्रबार झापाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर २ हजार ७ सय २२ जनामा संक्रमण पुष्टि हुँदा उपचार पछि घर फर्कनेको संख्या ३ हजार ३ सय ७ रहेको छ ।
शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएका ११ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको छ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाउनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आमाको दशगात्र कर्ममा बसेका छोरा-बुहारी र छोरीमा कोरोना पोजेटिभ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img