Homeसमाचार‘मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुन्छ’

‘मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुन्छ’

झापा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुने बताउनु भएको छ । कृषि क्षेत्रमा समस्यै समस्या रहेको बताउँदै मन्त्री भूषालले राष्ट्रसेवी कर्मचारी र राजनीतिकर्मीले कुनै लोभलालचमा नलागी इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।
उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको बताउँदै मन्त्री भुसालले भन्नुभयो–‘कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।’
कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्या गर्न सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्र र कृषकका समस्या समाधान भएर जाने धारणा राख्नुभयो ।
सरकार संविधान बमोजिम नै अघि बढेको बताउँदै भूषालले संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै लैजाने बताउनु भयो। विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका बारेमा विभिन्न टिका टिप्पणी भएपनि सरकार संविधानको दायराभित्र रहेर सबै संरचना ठीक ढङ्गले सञ्चालन स्पष्ट पार्नुभयो ।
सोही अवसरमा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘एक समय’ नामक संस्मरणात्मक कथा संग्रहको विमोचन गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘मन्त्रालयमा हुने भ्रष्टाचार र बदमासीले सोझैं कृषकलाई छुन्छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img