Homeसमाचारमाओवादीबाट मारिएका भट्टराईको स्मृतिमा भवन

माओवादीबाट मारिएका भट्टराईको स्मृतिमा भवन

भद्रपुर । तत्कालीन बालुवाडी गाविसका अध्यक्ष तथा काँग्रेस झापाका स्थानीय नेता चन्द्रमणि भट्टराईको स्मृतिमा ६० लाख लागतमा निर्माण गरिएको स्मृति भवनको उद्घाटन गरिएको छ ।
२०५९ असोज ६ गते तत्कालीन नेकपा माओवादी विद्रोहीले हत्या गरेका नेता भट्टराईको स्मृतिमा बालुवाडीमा निर्माण गरिएको भवनको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका हुन् ।


भवन निर्माणका लागि नेता सिटौलाले सांसद रहँदा संसद विकास कोषबाट १४ लाख प्रदान गरेका थिए भने प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी तथा बसन्तकुमार बानियाँले दश/दश लाख रुपैयाँ प्रदान गरेका थिए । बाँकी रकम नेपाली काँग्रेसका स्थानीय नेता तथा शुभचिन्तकबाट संकलन गरेर निर्माण सम्पन्न गरिएको हो ।
सहिद चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष सीतादेवी भट्टराईको अध्यक्षता तथा नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, बसन्तकुमार बानियाँ, नेपाली काँग्रेस झापा सभापति उद्धव थापा, जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले मन्तव्य राख्दै भट्टराईले पुर्याएको सामाजिक जागरण, स्थानीय विकासमा देन तथा राजनीतिक योगदानबारे चर्चा गरेका थिए । यसै बीच स्मृति भवन परिसरमा निर्मित शहीद भट्टराईको शालिक समेत अनावरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमाओवादीबाट मारिएका भट्टराईको स्मृतिमा भवन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img