झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।
विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प कोइरालाले सञ्चालन गरेको अमिलो उद्योगबाट २ लाख मूल्य बराबरको १० बोरा सूर्ति बरामद गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
बरामद गरिएको सूर्ति आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भद्रपुर पठाइएको इप्रका अनारमनीका प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो ।
अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

































































































