झापा । पाँचौं संविधान दिवसको अवसरमा सरकारले सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक सेवामा लागेका व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । सोही अनुसार यो वर्ष गिरीसहित देशभरबाट ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले गरेको छ ।
झापामा रचनात्मक कामका शुत्रधार मानिएका सहारा नेपालका प्रबन्ध निर्देशक गिरीको संयोजकत्वमा गठित नेतृत्वमा गत चैतदेखि नेपालमा संक्रमण शुरु भएको कोरोना भाइरस संक्रमण जोखिमका कारण कसैले पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले गठित एकका लागि एक अभियान, समर्पण राष्ट्रिय अभियानले पूर्ण रुपमा सफलता पाइसकेको छ ।
सामाजिक कार्यमा योजना अनुसार सफल नेतृत्व दिन सक्ने सामाजिक व्यक्तित्व गिरीको शैक्षिक र खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहँदै आएको छ । गिरीसहित प्रवल जनसेवा पदक (चतुर्थ) बाट दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी, प्रवल जनसेवा पदक श्री (चतुर्थ) बाट दमक नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिना, जनसेनानी श्री (पञ्चम)बाट मेचीनगर १० की मायाँ गुरुङ, कीर्तिमय राष्ट्रिय (चतुर्थ)बाट वील्सन विक्रम राई, सशस्त्र प्रहरी वल नेपाल नं. ८ गुल्म काँकरभिट्टाका डिएसपी ज्ञानमणी पौडेललाई संविधान दिवसको अवसरमा झापाका ६जनालाई राष्ट्रपतिले प्रदान गर्ने पदक तथा अलंकारबाट विभूषित गरिएको छ ।सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान प्रदान गरिएको छ ।
गिरीलाई समाजसेवा रत्नसहित, झापाका ६ जनालाई अलंकार र पदक

































































































