Homeसमाचारबुद्धशान्तिमा ३ युवाद्वारा बाँस उद्योग स्थापना, दैनिक प्रयोजनका सामग्री उत्पादन गर्ने

बुद्धशान्तिमा ३ युवाद्वारा बाँस उद्योग स्थापना, दैनिक प्रयोजनका सामग्री उत्पादन गर्ने

झापा । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग संचालनमा आएको छ । बुद्धशान्ति १ स्थित होक्सेमा स्थापित उद्योगको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलसहित स्थानीय समाजसेवीको उपस्थितीमा आज उद्घाटन गरिएको हो ।


तीन जनाको लगानीमा संचालनमा ल्याइएको उद्योगबाट तत्काल बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाउनेसंचालक मध्येका मनोज प्रसाईले जानकारी दिनुभयो । बाँसबाट यस्ता सामाग्री उत्पादन गर्ने नेपालकै पहिलो उद्योग रहेको पनि मनोज प्रसाईले बताउनुभयो। त्यस्तै बजारको माग अनुसार बाँसका अन्य विभिन्न सामग्रीहरु समेत उत्पादन गर्दै लैजाने प्रसाईले बताउनु भयो ।
पछिल्लो समय प्लास्टिक जन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बेला बाँसका यस्ता अग्र्यानिक उत्पादन वातावरण मैत्री तथा स्वस्थ्यकर रहेकोले सबैले प्रयोग गर्नुपर्ने अर्का संचालक गोकुल पौडेलले बताउनु भएको छ । दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बनिने भएकोले स्थानीय क्षेत्रमा पाइने बाँसको प्रयोगबाट बनेका उत्पादन सबैले प्रयोग गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो ।


पछिल्लो समय खुलेका विभिन्न होम स्टे र होटल रेन्टुरेन्टहरुमा अग्र्यानिक सामग्रीहरु प्रयोग हुन थालेको देख्न सकिन्छ । बाँसबाट बन्ने सामग्रीहरु त्यस्ताठाउँहरुमा पु¥याएर बजारीकरण गरिने अर्का संचालक रोसन भट्टराईले बताउनु भयो । स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा नेपालमा मात्र नभएर विदेशी मुलुकहरुमा पनि यस्ता नेपालका उत्पादनहरु पु¥याइ बजारीकरण गर्ने सकेमा नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने बताउँदै सम्पूर्ण नेपालीहरुलाई यस्ता अग्र्यानिक उत्पादन प्रयोग गर्न भट्टराईले अनुरोध गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुद्धशान्तिमा ३ युवाद्वारा बाँस उद्योग स्थापना, दैनिक प्रयोजनका सामग्री उत्पादन गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img