Homeसमाचारखतिवडाको विदाई, विना राजनीति सामाजिक कार्यमा संलग्न हुने

खतिवडाको विदाई, विना राजनीति सामाजिक कार्यमा संलग्न हुने

विर्तामोड । उमेर हदका कारण अवकास लिएका विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा उमेर हदका कारण अनिवार्य अवकास लिएसँगै विभिन्न संघ संस्था तथा वडा कार्यालयहरुले विदाई गरिरहेका छन् ।
विर्तामोड नगरपालिका वडा नं. ५ ले भाद्र २० गते आयोजना गरेको विदाइ तथा सम्मान कार्यक्रममा वडाका वडा सदस्यहरु, समाज सेवी तथा विभिन्न राजनितीक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा वडासदस्य हर्कमाया विकले स्वागत गरेको कार्यक्रममा वडा सदस्य ढाँचाराज कडरियाले कार्यक्रमको सञ्चालन गरेका थिए । वडाध्यक्ष लिङ्देन अनेम संघ केन्द्रिय सदस्य टिका बस्नेत (घिमिरे), इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खतिवडाबाट धेरै कुरा सिक्ने मौका पाएको बताउँदै आगामी दिनमा पनि सल्लाह सुझावहरु अपेक्षा गरेका धारणा राखेका थिए । सो अवसरमा अधिकृत खतिवडाले आगामी दिनमा समाज रुपान्तरणका लागि विना राजनैतिक लगावका साथ एउटा नागरिकको भुमिकामा रहेर सामाजिक काममा आफु अगाडि बढ्ने बताउनु भयो ।
चाकडी र चाप्लुसी मन नपराउने, निडर स्वभावका अधिकृतका रुपमा परिचित खतिवडाले सुनसरीको इटहरी उपमहानगरपालिकाको मुहार परिवर्तन देखी झापाको दमक नगरपालिकाको विकासको रोड म्याप तयार पार्न तथा झापाकै मेचीनगर नगरपालिकाको समृद्धिको आधार स्तम्भ निर्माण गर्ने महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा हुँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखतिवडाको विदाई, विना राजनीति सामाजिक कार्यमा संलग्न हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img