Homeसमाचारस्वास्थ्य बाँड्दै कोसेली घर, बच्चामा पनि आकर्षण

स्वास्थ्य बाँड्दै कोसेली घर, बच्चामा पनि आकर्षण

झापा । विर्तामोड–४ का अप्रोच खानलाई अहिलेसम्म कुनै रोग छैन रे, तर पनि उनी जडीबुटी जन्य जुसको नियमित सेवनका लागि दैनिक लगभग ३ किलोमिटर धाएर विर्तामोड–५ शनिश्चरेरोडमा अवस्थित अर्गाग्यानिक कोशेली घर पुग्छन् । त्यहाँ उनी पुथ्ग्नुको एउटै कारण हो जसरी अहिलेसम्म कुनै रोग छैन त्यसैलाई यथावत राख्नु । उनले भने–‘अहिलेसम्म कुनै रोग छैन, अब पनि त्यसलाई कायम राख्न यहाँ आउँछु ।’
विर्तामोड–५ मा अच्युत र कल्पना दाहालले सञ्चालनमा ल्याएको अग्र्यानिक कोशेली घरमा विहान सबेरै भेटिने अप्रोच पछिल्लो समय आफू साथै नानीहरु पनि ल्याउने थालेको बताए ।
७/८ वर्षका छोरा आतिव र भतिजा आशिव विहान उठ्ने वित्तिकै नजिकैको पसलमा केमिकल युक्त विभिन्न किसीमका जुस किन्न जाने गरेपछि त्यसबाट छुटाउने उत्तम उपायका रुपमा कोशेली घरलाई नै रोजेका छन् । उनले भने–‘यिनीहरुलाई पनि विहानै केमिकलयुक्त लिची, आँपको जुसमा कुद्छन् । त्यसबाट छुटाउनका लागि ल्याउन थालेको ।’ पहिलो पटक अग्र्यानिक जुस खान पाउँदा रमाइलो लागेको आतिव र आशिवले बताए । उनीहरुले भने–‘मिठो रैछ, भोलीदेखि पनि आउने ।’ ७/८ वर्षका साना नानीहरुलाई कोशेली घरले जडीबुटीको जुसमा मिश्रीको सम्मिश्रण गरेर दिनेको गरेको सञ्चालक अच्युत दाहालले बताए ।


अप्रोचमात्र होइन अच्युत र कल्पना दाहालले सञ्चालन गरेको अग्र्यानिक कोशेली घरका नियमित उपभोक्ता हुन् विर्तामोडका व्यवसायी पवन खेडिया । दाहाल सम्पत्तीले बनाएर दिएको जुसको नियमित सेवनले आफ्नो तौल घटाएको उनले बताए । ‘म १०८ किलो थिएँ, अहिले ९४ मा झरेको छु, ‘यो सबै देन अच्युत भाइको हो ।’ अर्का उपभोक्ता भानु शिवाकोटीले गुर्जो, घ्यूकुमारी, घोडताप्रे र अमला सेवनले आफू ५० वर्षेभएपनि २५ वर्षको जस्तो अनुभव भएको प्रतिक्रिया दिए ।
व्यस्त शहरमा कोशेली घरले बाँडेको स्वास्थ्यलाई विस्तार गर्नुपर्ने सामाजिक व्यक्तित्व राजकुमार पोखरेलको सुझाव छ । जडीबुटीले शारीरिक रुपमा पुर्याएको सकारात्मक प्रभाव बढेको छ, विर्तामोडलाई यतिले धान्दैन विर्तामोडका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ–पोखरेलले भने ।
दाहालको कोसेली घरमा बिहान गुर्जो, घ्यूकुमारी, घोडताप्रे र अमलाको जुस खानेको भीड हुन्छ । मर्निङ वर्कअघि र सकेर दैनिक ६० जना बढीले ५ देखि ६ बजेको बीचमा सेवन गर्छन् । त्यसपछि विभिन्न ११ जातका गेडागुडी भिजाएर टुसा हल्का टुसा उम्रिएपछि खाजाको रुपमा पाइन्छ । फापर, कोदो र मकैको रोटी पनि उपलब्ध हुने सञ्चालक कल्पनाले बताइन् । जुस सेवनका लागि पुरुषको तुलनामा न्यून संख्यामा महिलाहरु पनि आउने गरेका छन् । अब भने बालबालिकाको पनि आकर्षण बढ्न थालेको उनीहरुको भनाई छ ।


जडीबुटीलाई औषधीका रुपमा प्रयोग गर्ने अभ्यासको विकास गराउनका लागि सञ्चालक दम्पत्ती अच्युत कल्पना दुवै उत्तिकै खट्छन् । महिला उद्यमी समेत रहेकी कल्पना फापर, कोदो र मकैको पिठो आफैँ बनाउँछिन् । त्यसो त ज्वानो, मेथी, हर्रो, बर्रो, अमला, हर्रो, गर्जो, पाखनबेद, बुढीओखती, दालचिनी, अलैँची, ल्वाङ, सुकमेल, पुदिना, तुलसी टिम्मुरजस्ता औषधीय गुण भएका जडीबुटीको संम्मिश्रण गरी छुट्टै विशेष प्रकृतिको ढुटो पनि उनीहरु आफैं उत्पादन गर्छन् ।
विर्तामोडलाई अग्र्यानिक नगर बनाउने आफ्नो मुख्य ध्येयमा नागरिकले पनि सहयोग गर्नुपर्ने विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए । नगरलाई अग्र्यानिक बनाउनु पर्छ भनेर लाग्दा कुनै बेला कतै–कतै आफूलाई खिल्लीको पात्र समेत बनाइएको तितो अनुभव सुनाउँदै भने–‘हाम्रै घर वरीपरी छन् औषधी तिनै औषधीलाई प्रयोग गरौं, विषादी नहाली आफैं उत्पादन गरेको साग, सब्जी र जडीबुटी खाए स्वास्थ्यमा हुने अनावश्यक खर्चबाट बचिन्छ ।’
कसरी आयो सोच ?
झण्डै २ वर्ष अघि अचानक टाउको, ढाड, मुटुमा समस्या देखिएको अच्युतको शरीरलाई मधुमेह र उच्च रक्तचापले पनि चाप्न थाल्यो । उपचारका लागि विर्तामोडका अधिकतम अस्पताल र क्लिनिक चाहरे । तर, उपाय लागेन । निको हुनुको सट्टा झन जटिल बन्दै गयो । त्यसपछि थप उपचारका लागि काठमाडौं हानिए ।
काठमाडौं पुगेपछि अस्पतालमा भर्ना भएका अच्युतको स्वास्थ्यमा सुधार आउन सकेन । त्यसपछि उनीहरु पुगे जीवन विज्ञान । जीवन विज्ञानमा पुगेर त्यहाँ हुने विभिन्न किसिमका प्राकृतिक योगाभ्यास र मेडिटेसनमा सामेल भएसंगै अच्युतको स्वास्थ्यमा क्रमिक सुधारको संकेत देखिन थाल्यो रे । पतिको उपचारमा जुटेकी कल्पनाले भनिन्–‘पाँच महिना बस्यौं, डाक्टरको औषधी खुवाउँदा निको हुने कुनै छाँटै देखिएन् झन सारो जस्तो भयो, हाउभाउ डिप्रेसनको जस्तो थियो, तर जब जीवन विज्ञानमा गयौं त्यहीबाट सुधार आयो–टाउकाको पछाडिको भागमा नसा खप्टिएको रछ ।’


योगाभ्यास र मेडिटेसनले सुधार आएपछि उनीहरुको यात्रा मोडियो । गीत/संगीत, भजनमा रमाउने अच्युत राजनीतिमा पनि चासो राख्ने जिज्ञासु व्यक्ति हुन भने कल्पना शैक्षिक क्षेत्रमा हात हाल्ने तयारी स्वरुप मन्टेश्वरी कक्षा सञ्चालनको तयारीमा थिइन् । तर अच्युतको स्वास्थ्यमा आएको समस्याले दुवैको सोचाईलाई मोडिदियो । र व्यवसायी बन्न पुगे ।
स्वास्थ्यको गम्भिर समस्या ब्यहोरेका दाहालले आफ्नो स्वास्थ्य सुधारका साथै विर्तामोडवासीको समेत स्वास्थ्यमा सुधार ल्याइरहेका छन् । उनले भने–‘म मात्र किन सबै बिर्तामोडबासीको स्वास्थ्य पनि मेरोजस्तो हुनुपर्छ । ‘यसलाई एउटा व्यावसायिक प्रयोजनमै लानुपर्छ भन्ने लाग्यो’, दाहालले अतित सम्झिंदै भने–‘त्यसैले यता लागें ।’
नयाँ काम गर्ने शिलशिलामा धेरै पटक ठक्कर खाएको तितो अनुभव सुनाउँदै खुशी पनि बाँडे सिकाईकै क्रममा छौं, ठक्कर धेरै खाइयो, अब भने सफलतातर्फ उन्मुख भयौं ।’
योगअभ्यासले स्वास्थ्यमा सुधार आउन थालेपछि उनीहरुको मन जडिबुटी तथा अग्र्यानिक उत्पादनतर्फ मोडिएको कल्पनाको पनि भनाई छ । उनले भनिन्–‘मन्टेश्वरी सञ्चालन गर्ने तयारी गरेकी थिएँ , अहिले यो ब्यवसायमा आइपुगे । समयले कता डो¥याउँदोरहेछ, पत्तै नहुने । स्वास्थ्यजति ठूलो कुरा अरु केही होइन रहेछ, अहिले यो ब्यवसायमा हामी दुवै सन्तुष्ट छौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वास्थ्य बाँड्दै कोसेली घर, बच्चामा पनि आकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img