Homeसमाचारकोटीहोमको पीसीआर ल्याब केही दिनमा सञ्चालनमा

कोटीहोमको पीसीआर ल्याब केही दिनमा सञ्चालनमा

सुरुङ्गा। ‘एकका लागि एक अभियान’को अगुवाईमा जनस्तरबाट कनकाई–४ कोटीहोममा स्थापित पीसीआर ल्याब चाँडै सञ्चालनमा आउने भएको छ ।
ल्याबका लागि आवश्यक जनशक्ति नियुक्त गरी उनीहरुको तालिम तथा कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिंदै ल्याब छिट्टै सञ्चालनमा आउने मेची हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताउनु भयो ।
बुधवार समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित ल्याबमा रहेका पीसीआर मेसिनसहित ४० वटा उपकरण तथा सामग्रीको विवरण र चावी एकका लागि एक अभियानको तर्फबाट हस्पिटलका डाक्टर ठाकुरलाई हस्तान्तरण गरियो ।
अभियानका सहसंयोजक बिनोद बस्नेतसहित अभियानकर्मीले संयुक्त रुपमा हस्पिटलका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा सामग्रीको विवरण र चावी हस्तान्तरण गरेका हुन् ।
कनकाई नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका अध्यक्ष पोर्तेल, डा. ठाकुर, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव, अभियानका सहसंयोजक बस्नेतले मन्तव्य राखेका थिए ।
आकस्मिक रुपमा भएको उक्त कार्यक्रममा अभियानका सल्लाहकार लोकराज ढकाल, सदस्यहरु गणेश ढकाल, कुमार भट्टराई, सजेश शिवाकोटी, कुमारमणि पोखरेल, शिव कँडेल लगायतले कोरोना संक्रमण बढेको बेला ल्याब छिट्टै सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।
ल्याब सञ्चालनमा आएपछि सबै दाताहरुलाई जानकारी गराई औपचारिक रुपमा उदेघाटन, हिसाब सार्वजनिक तथा अन्य कार्यक्रम सम्पन्न हुने एकका लागि एक अभियानले जनाएको छ ।
विपन्न एक परिवारलाई हुने खाने एक परिवारले सहयोग गर्नका लागि शुरु भएको अभियानबाट मुलुकमै नमूनाको रुपमा सरकारलाई सहयोग पु¥याउन जनस्तरबाट पीसीआर ल्याब स्थापना भएको र यो सञ्चालनमा आएसँगै कोरोना भाइरस संक्रमण नियन्त्रणमा टेवा पुग्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो ।
एकका लागि एक अभियान, कनकाई नगरपालिका र मेची हस्पिटलबीच गत साउन २० गते भएको निर्णय तथा सहमति बमोजिम मेची हस्पिटलले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याउनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोटीहोमको पीसीआर ल्याब केही दिनमा सञ्चालनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img