Homeसमाचारपुजारी हत्याको विरोधमा उत्रिएका राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

पुजारी हत्याको विरोधमा उत्रिएका राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

काठमाडौं । रौतहटस्थित हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शनमा निस्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेशबहादुर सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको बताइएको छ ।
प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाइएको थियो । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकीमा राखिएको वर्तौलाले जानकारी दिनुभयो । बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपुजारी हत्याको विरोधमा उत्रिएका राप्रविसंका १२ विद्यार्थी प्रक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img