Homeसमाचार४१ परिवारलाई मिटर वितरण

४१ परिवारलाई मिटर वितरण

विर्तामोड ११ भदौ । विर्तामोड नगरपालिका वडा नं–६ का विपन्न समुदायका ४१ परिवारलाई निशुल्क विद्युतको मिटर वितरण गरिएको छ ।
विर्तामोड नगरपालिका वडा नंं–६ को आयोजना र नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण शाखाको सहयोगमा वडामा बसोबास गर्ने विपन्न समुदायका ४१ जनालाई मिटर वितरण गरिएको वडा सदस्य पवित्रा ढुङ्गानाले जानकारी दिनुभयो ।
वडाध्यक्ष सूर्य कन्दङ्वाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण शाखाका प्रमुख विरेन्द्र झाको प्रमुख आतिथ्यतामा सम्पन्न मिटर वितरण कार्यक्रममा औचित्य माथि प्रकाश पार्दै वडा महिला सदस्य ढुङ्गानाले वडाका सबै घर–धुरीमा पानी र वत्तीको पहुँच पुर्याउने लक्ष्य बमोजिम निःशुल्क मिटर वितरण गरिएको बताउनु भयो ।
वडा सचिव रुकमान थलङले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा दलित सदस्य शोभा विकले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि झाले विजुलीको मिटर राख्न नसक्नेहरुका लागि प्रक्रिया पुरुयाएर निवेदन आएमा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । प्राधिकरणका इन्जिनियर एलिना पराजुली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष कन्दङ्वाले वडाबासीलाई स्वच्छ पानी पिउन र उज्यालोमा बस्न पाउने व्यवस्था गर्नका लागि वडा कार्यालय जुटिरहेको बताउनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार४१ परिवारलाई मिटर वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img