HomeFeatured 2एकजना कोरोना पोजेटिभ भेट्न एकलाख चारहजारबढी खर्च

एकजना कोरोना पोजेटिभ भेट्न एकलाख चारहजारबढी खर्च

झापा । एकजना कोरोना पोजेटिभ पत्ता लगाउन सरकारको एकलाख चारहजार छसय २० रुपैयाँ खर्च हुने गरेको छ ।
हालसम्ममा पाँच लाख ७९ हजार आठसय ९९ जनाको पिसिआर परीक्षण गर्दा राज्यकोषको ३ अर्व १८ करोड ९४ लाख ४४ हजार खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार प्रतिव्यक्ति ल्याव परीक्षणमा मात्रै पाँचहजार पाँचसय खर्च हुने गरेको छ ।
३० दिन आइसोलेसनमा राखेर उपचार गर्नुपरे प्रतिव्यक्ति राज्यको ढिकुटीबाट चारलाख ५० हजार खर्च हुने कोरोना सम्बन्धी नियमित ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता गौतमले कोरोना परीक्षणदेखि उपचारसम्मको प्रतिव्यक्ति राज्यको व्ययभारबारे जानकारी दिनु भएको हो ।
कोरोना संक्रमण परीक्षण र उपचार प्रक्रिया खर्चिलो भएको उल्लेख गर्दै गौतमले भरसक घरबाट ननिस्कन अनुरोध गर्दै निस्कनै परेपनि सामाजिक दुरी कायम राख्न र व्यक्तिगत सावधानी अपनाउन आग्रह गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एकजना कोरोना पोजेटिभ भेट्न एकलाख चारहजारबढी खर्च
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img