सुनसरी ४ भदौ । प्रतिवन्धित लागु औषध गाँजासहित प्रहरीले सुनसरीको धरान उप–महानगरपालिका–१६ बाट एकजना ब्यक्तिलाई पक्राऊ गरेको छ ।
स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाका आधारमा प्रहरीले ६ केजी गाँजा बरामद गरेको थियो भने धिमाललाई पक्राऊ गरेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राऊ परेका उनका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
गाँजा बरामद, एक ब्यक्ति पक्राऊ

































































































