Homeसमाचारलीला कट्टेल प्रतिष्ठानद्वारा प्रकाशित 'परिवर्तनका पाइलाहरु' लोकार्पण

लीला कट्टेल प्रतिष्ठानद्वारा प्रकाशित ‘परिवर्तनका पाइलाहरु’ लोकार्पण

झापा २ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पार्टी भित्र एकता, सहकार्य र सद्भावमा ह्रास हुँदै गएको बताउनुभएको छ ।
नेपाली महिला आन्दोलनकी सशक्त नेतृ स्व. लीला कट्टेलको नाममा स्थापित लीला कट्टेक स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘परिवर्तनका पाइलाहरु’ नामक पुस्तक लोकार्पण मन्त्री जीवन घिमिरे गर्दै प्रमुख अतिथि घिमिरेले यस्तो बताउनु भएको हो ।
झापाको बिर्तामोडस्थित नेकपा पार्टी कार्यालयको सभाहलमा आज आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले पहिले–पहिले कमरेडहरुमा एकता, सद्भाव र समर्पणको भावना धेरै भएपनि अहिले खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको उल्लेख गर्दै मन्त्री घिमिरेले परिवर्तनलाई संस्थागत गर्न आपसी एकता र सद्भाव अपरिहार्य रहेको बताउनु भयो । उहाँले पार्टीमा अवसर मात्र खोज्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै समर्पणको भावनाको विकास हुन जरुरी रहेको मन्त्री घिमिरेले बताउनु भयो ।
नेपाली महिला आन्दोलनकी नेतृ स्व. लीला कट्टेलको नाममा स्थापित लीला कट्टेक स्मृति प्रतिष्ठानले झापाका महिला जनप्रतिनिधिहरुको विवरण समेटिएको परिवर्तनका पाइलाहरु नामक ४१८ पृष्ठको पुस्तक प्रकाशन गरेको हो । जसमा जिल्लाभरका २८५ जना महिला जनप्रतिनिधिको व्यक्तिगत विवरण समावेश गरिएको छ भने प्रमुख, उपप्रमुख पदमा रहनुहुने महिला जनप्रतिनिधिहरुको संघर्षका कथाहरु समेटिएको पुस्तकका सम्पादक सन्तोष आचार्यले बताउनुभयो ।

मुलुकको विभिन्न आन्दोलन र क्रान्तिमा होमिनु भएकी स्व. कट्टेलको योगदानलाई चीर स्थायी बनाउन र समग्र महिलाको उत्थान गर्न प्रतिष्ठान गठन गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् झापा क्षेत्र नं. २ का सांसद् पवित्रा निरौला खरेलले जानकारी दिनुभयो। ‘राजनीति परिवर्तनका लागि भूमिगत हुने कट्टेल पहिलो नारीका रुपमा रहेको बताउँदै सांसद खरेलले नेपाली जनताको मुक्तिका लागि योगदान अतुलनीय उल्लेख गर्नुभयो ।
२०२५ सालदेखि २०३० सालसम्म समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण दमनको विरुद्ध जनतालाई जागृत र संगठित गर्ने आन्दोलनमा सक्रिय रहनुभएकी कमरेड लीला कट्टेल २०३० साउन २१ गते पञ्चायती शासकहरुको दमन उत्पीडनको क्रममा गिरफ्तार हुनुभयो र ३ वर्षको कहाली लाग्दो कारावास जीवनपछि २०३३ साउन २१ गते रिहा हुुनुभएको पुस्तक प्रकाशन समिति सदस्य भीमा शिवाकोटीले बताउनुभयो । जेल जीवनपछि कारावासकै क्रममा चिनजान भई प्रेम सम्बन्धमा रहनुभएका झापा संघर्षकै कार्यकर्ता राम गिरीसँग वैवाहिक जीवनमा बाँधिनुभएको कट्टेलका एक छोरा विजयकुमार गिरी, एक छोरी शीलादेवी गिरी (कार्की), बुहारी तारा गिरी, ज्वाइँ जीवन कार्की, नातिनीहरु विजयता गिरी, जेसिका कार्की र नाति जेनिस कार्की रहेको शिवाकोटीले बाउनुभयो ।
प्रतिष्ठानकी अध्यक्ष पवित्रा निरौला खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, नेकपाका केन्द्रीय सदस्य नरेश खरेल, प्रदेश सांसद् झलकसिंह दर्लामी, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासी, भद्रपुरका नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, पत्रकार गणेश पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलीला कट्टेल प्रतिष्ठानद्वारा प्रकाशित 'परिवर्तनका पाइलाहरु' लोकार्पण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img