HomeFeatured 2कनकाईमा स्थापित पिसिआर ल्याव चाँडो सञ्चालन गर्न सिटौलाको स्वास्थ्य मन्त्रीसंग फोन

कनकाईमा स्थापित पिसिआर ल्याव चाँडो सञ्चालन गर्न सिटौलाको स्वास्थ्य मन्त्रीसंग फोन

सुरुङ्गा १ भदौ। पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाले नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसंग झापाको कन्काई नगरपालिका–४ स्थित कोटीहोममा स्थापित पीसीआर ल्याव चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ ।
नेपालमै पहिलो पटक जनस्तरबाट स्थापना भएको पिसिआर ल्यावको अवलोकन गर्न पुग्नु भएको पूर्व उपप्रधानमन्त्री सिटौलाले ल्याव स्थापना स्थलबाटै मोवायलमा फोन संवाद गरी जनस्तरबाट स्थापित ल्याव चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको हो ।
सो क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोटिहोममा स्थापित पीसीआर ल्यावको सञ्चालनको अनुमति दिने पत्रको खोजी गरी पीसीआर ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पहल गर्ने आश्वासन दिएको पूर्व उपप्रधानमन्त्री सिटौलाले बताएको अभियानका सहसंयोजक बस्नेतले जानकारी दिनुभयो । ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्यावको निरीक्षण गर्दै पूर्व गृहमन्त्री समेत रहनु भएको सिटौलाले यस्तो आग्रह गर्दै जनस्तरबाट पीसीआर ल्याव स्थापना हुनु झापाको मात्र नभएर देशकै लागी नमूनायोग्य काम भएको बताउनु भयो ।
अन्य स्थानको ल्याव भन्दा कनकाईको पीसीआर ल्याव निक्कै राम्रो व्यवस्थापनका साथ स्थापित भएको बताउँदै पूर्व उपप्रधानमन्त्री सिटौलाले कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको यो संकटपूर्ण अवस्थामा सरकारलाई सघाउन एकका लागि एक अभियानको अगुवाईमा पीसीआर ल्याव स्थापना गरेको भन्दै एकका लागि एक अभियानको प्रशंसा समेत गर्नुभएको थियो ।
एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा स्थापित ल्यावको वारेमा जानकारी गराउँदै ल्यावको सञ्चालनमा भइरहेको ढिलाईप्रति पूर्व उपप्रधानमन्त्री सिटौलाको ध्यानाकर्षण गराउनु भएको थियो ।
‘झापा लगायत देशभर कोरोना संक्रमितको संख्या वढीरहेको यो समयमा सरकारलाई सघाउन पीसीआर ल्याव स्थापना गरेर प्रसंशायोग्य कार्य गर्नुभएको छ । त्यसका लागि म एकका लागि एक अभियानका संयोजक, सह संयोजक , सदस्यहरु, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि धन्यवाद ज्ञापन गर्दछु । ’–सिटौलाले भन्नुभयो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौलासहित नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा , जिल्ला सदस्य विजय रिजाल , क्षेत्रिय सभापतिहरु गणेश पोखरेल, नविन विमली , क्षेत्रिय सचिव रमेश पोखरेल अभियानका सदस्यहरु कुमार भट्टराई, कुमारमणी पोखरेल , शिव कँडेल , सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतले समेत पीसीआर ल्यावको निरीक्षण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कनकाईमा स्थापित पिसिआर ल्याव चाँडो सञ्चालन गर्न सिटौलाको स्वास्थ्य मन्त्रीसंग फोन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img