Homeसमाचारकोरोना ‘हटस्पर्ट’ पर्सामा : निषेधाज्ञा अटेर गरेपछि सेना सडकमा

कोरोना ‘हटस्पर्ट’ पर्सामा : निषेधाज्ञा अटेर गरेपछि सेना सडकमा

बीरगन्ज । कोरोनाको ‘हटस्पट’ पर्सामा जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना नहँदा र कोरोना संक्रमण जोखिम बढ्दै गएपछि नेपाली सेनाको पनि गस्ती बढाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक सर्पोटका रुपमा आइतबारबाटै नेपाली सेनाको पनि गस्ती बढाइएको हो। साउन १० गतेदेखि वीरगन्ज महानगरपालिका हुँदै पछिल्ला हप्ता दिनयता जिल्लाभरी नै निषेधाज्ञा जारी गरी सुरक्षा सतर्कता बढाइएको थियो। उक्त निषेधाज्ञा पूर्ण परिपालना नभए पछि व्याक सपोर्टका रुपमा नेपाली सेनालाई पनि गस्तीमा खटाएको संकट व्यवस्थापन केन्द्र पर्साले जनाएको छ।
सशस्त्र प्रहरीले सीमामा कडाइ गर्नुपर्ने र जिल्ला भित्र तथा बजार क्षेत्रमा केही जनशक्ति व्यवस्थापनमा सहज बनाउन सेनालाई पनि गस्ती गरी सहयोग गर्न भनिए अनुसार आइतबारबाट सेना निस्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। आगामी दिनमा निषेधाज्ञा तथा जिल्लाको सुरक्षा सतर्कताका सम्बन्धमा सम्बन्धित पक्षहरुसँग परामर्श गरी निषेधाज्ञा थप कडा बनाएर जाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । पर्सामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ विभिन्न पक्षसँग जुटिरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना ‘हटस्पर्ट’ पर्सामा : निषेधाज्ञा अटेर गरेपछि सेना सडकमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img