विर्तामोड । झापाको विर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नगरपालिका–२ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।
सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुवै सहकारीको मिलेका कारण एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताउनु भयो ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको दुवै सहकारीको संयुक्त बैठकले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीमा दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृतिका लागि बैठकले गरेको सर्वसम्मत निर्णयको प्रतिलिपी पठाएको थियो ।
जस अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इटहरीले गत असार २८ गते दुवै सहकारी संस्थाबीच एकीकरणको अन्तिम स्वीकृति प्रदान गरे बमोजिम दुवै सहकारी संस्थाबीच एकीकरण गरिएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । एकीकरणको आधिकारिक घोषणा दुवै सहकारीको एकीकृत साधारणसभाले गर्ने बताइएको छ ।
दुई सहकारीवीच एकीकरण गरेसंगै अब सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नामबाट इलामको माई नपा २ दानावारीमा कारोबार गरिने बस्नेतले बताउनु भयो ।
अमृत बचत तथा ऋण सहकारीसंगको एकीकरणसंगै सिम्रिक सहकारीले अब इलामको माई नपा–२ दानावारीमा सेवाकेन्द्र सञ्चालनमा गरी सदस्यहरुमाझ कारोबार गर्ने जानकारी बस्नेतले बताउनु भयो ।
सिम्रिक र अमृत सहकारीवीच एकीकरण

































































































