Homeसमाचारअर्जुनधाराका पशुमा 'लम्पी डिजिज' संक्रमण बढ्दै

अर्जुनधाराका पशुमा ‘लम्पी डिजिज’ संक्रमण बढ्दै

झापा ३१ साउन । अर्जुनधारा नगरपालिकाका तीनवटा वडाका पशुमा अनौठो रोग देखा परेको छ । अर्जुनधारा नगरपालिका ९, १० र ११ नं वडाका पशुहरुमा मानिसमा हुने डढुवा (चिकेन फक्स) जस्तै देखिने फोका धेरै पशुहरुमा देखिन थालेको छ भने सानादेखि ठूला पशुहरुमा खुट्टाको जोर्नी सुन्निने समस्या देखिन थालेको हो ।
पहिला गाईलाई ज्वरो आउने, ज्वरोसंगसंगै खुट्टाका जोर्नीमा गाँठागुठी देखिने, विस्तारै सुन्निने र गाँठा फुटेपछि जीउनै सुन्निने समस्या देखिन थालेको अर्जुनधारा–९ निवासी डिल्लीराम दाहालले जानकारी दिनुभयो ।
पशुले ज्वरो आएपछि खान मन नगर्ने र क्रमश शिथिल बन्दै जाने दाहालले बताउनु भयो । अधिकांस जसो स्थानीयबासीको गाई र भैसीमा यो समस्या देखिएको स्थानीय बताउँछन् ।
‘यस्ता रोग लागेका पशुको दूध खानु हुन्छ कि हुँदैन भन्ने पनि थाहा छैन’ अर्जुनधारा–९ कै रेनु बस्नेतले भन्नुभयो–‘तर दूध र दहीको स्वाद पहिलाको जस्तो छैन ।’
गाईवस्तुमा यस्तो अज्ञात रोग देखिन थालेपछि किसान चिन्तित छन् । घरमा पालिएका तथा ब्यावसायिक रुपमा सञ्चालन गरिएका गाई फर्ममा समेत यस्तो रोग देखिएपछि किसान र ब्यवसायी चिन्तित बनेका हुन् । ‘पहिला गाईमा मानिसलाई निस्कने पानी फोका जस्तो फोका देखियो, त्यो फोका २४ घण्टा नवित्तै शरीरभरी फैलियो’ कालिका पीठले सञ्चालन गरेको गौशालाका गौसेवक जयन्त चापागाँईले विरामी गाई देखाउँदै भने–‘त्यसपछि गाईका सबै जोर्नी जोर्नीमा गाँठा देखियो, अहिले गाँठा फुट्न थालेको छ, यो रोगले भेटेपछि गाई एकदमै कमजोर भएका छन् ।’ गौशालाको ११ बढी गाई र गोवंशमा यो समस्या देखिएको उनले बताए ।
पशुमा देखा परेको उक्त रोग लम्पी डिजिज नामक एकप्रकारको भाइरल भएको अर्जुनधारा नगरपालिका पशु सेवा इन्चार्ज पदमबहादुर राईले बताउनुभयो । झापामा पहिलोपटक यो रोग देखिएको उहाँले जानकारी दिनुभयो ।
पशुमा अनौठो रोग देखा परेपछि पशुपालक किसान त्रसित भएका बेला राईले भने उक्त रोगकै कारण पशु नमर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यो मात्रै रोग लागेर मर्ने संभावना एकदमै न्यून हुन्छ, यसको मृत्यु दर १.५ प्रतिशत मात्र हो ।’ तर, अरु रोग थपियो भने भन्न नसकिने उहाँको भनाइ छ । अर्जुनधाराका कुनै–कुनै पशुमा ज्वरो समेत देखिएकाले एन्टिबायोटिक समेत प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । लम्पी डिजिजको खास औषधी नभएको बताइएको छ ।
पछिल्लो समय झापाको अर्जुनधारासहित अन्यत्र पनि पशुमा उक्त रोग देखिएको राईले बताउनुभयो । रोगबारे किसानहरुले जानकारी गराएसंगै नगरपालिका क्षेत्र भित्र होम सर्भिस दिंइदै आएको राईको भनाई छ । हालसम्ममा नगरपालिकाबाट मात्रै लगभग १५० बढी चौपायाको उपचार गरेको राईले जानकारी दिनुभयो ।
लम्पी डिजिजको खास औषधि नभएपछि दुखाई कम गर्ने औषधि गाइवस्तुलाई दिइएको हो । इन्जेक्सनमार्फत दिइएको उक्त औषधिबाट गर्भवती पशु तुहिन सक्ने खतरा समेत रहने चिकित्सक बताउँछन् ।
‘गाई नै मर्नुभन्दा तुहिए पनि तुहियोस् भनेर सुई हान्न लगाएँ, अर्जुनधारा १० का एक किसानले भन्छन्–‘मर्नबाट जोगियो भने त फेरि पनि ब्याउँछ भनेर सुई हान्न लगाएँ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधाराका पशुमा 'लम्पी डिजिज' संक्रमण बढ्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img