Homeसमाचारश्रेष्ठको स्मृतिमाशोकसभा

श्रेष्ठको स्मृतिमाशोकसभा

धुलाबारी २६ साउन । नेपाल प्रेस युनियन झापाका पूर्व केन्द्रीय तथा प्रदेश पार्षद, अग्रज पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको अन्त्येष्ठीमा श्रद्धाञ्जलीसभा सम्पन्नभएको छ ।
लामो समयदेखि मृर्गौला रोगको उपचार गराइरहनु भएका श्रेष्ठको दुवै मृर्गौलाले काम गर्न छाडेपछि आइतबार साँझ पौने ६ बजे ६४ बर्षको उमेरमा निजीनिवास धुलाबारीमा निधन भएको थियो । उहाँको सोमबार वैदिक विधिपूर्वक निन्दा खोला पूर्वको स्थानीय रामघाटमा अन्त्येष्टी गरिएको हो ।
नेपाल प्रेस युनियनझापाको आयोजनामा घाटस्थलमा श्रद्धाञ्जलीसभा सम्पन्नभएको छ । सभामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द छेत्रीले शोक मन्तब्य राख्दै श्रेष्ठ निष्ठावान पत्रकार भएको तथा पत्रकारिता र साहित्य क्षेत्रमा गरेको योगदानका कारण भौतिक शरीर मरेर गए पनि उहाँ सदा अमर रहने बताउनुभयो ।

नेपाल प्रेस युनियन झापा शाखा अध्यक्ष इन्दु पूर्वेलीले सञ्चालन गर्नुभएको शोकसभामा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, नेपालपत्रकार महासंघका अध्यक्ष तारामणि सापकोटा, पूर्व सभापतिहरु मोहन काजी, भीम नेम्बाङ, गणेश पोखरेल, उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य, प्रेस संगठन झापाका संयोजक मुक्ति पौडेल, सहसंयोजक टिकाराम उप्रेती, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारी, फोनिज झापाका अध्यक्ष विशाल नेम्बाङ, पूर्व अध्यक्ष गणेशमान मुखिया लगायत पत्रकार, साहित्यकार, ब्यवसायी, जेसीजकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । धुलाबारी जेसीजकापूर्व अध्यक्ष समेत रहनुभएकाश्रेष्ठलाई धुलाबारी जेसीज अध्यक्ष सागर खनाल लगायतको जेसीज टोलीले श्रेष्ठको शवमा जेसीजको झण्डा ओडाएका थिए ।
२०३२ सालदेखि चार दशकसम्म पत्रकारितामा क्रियाशिल श्रेष्ठले २०४२ सालदेखि २०७१ सालसम्म राष्ट्रिय समाचार समितिमा रहेर पत्रकारिता गर्नुभएको थियो भने वार्ता साप्ताहिक (२०३४), सिद्धार्थ पाक्षिक (२०३६), संसार साप्ताहिक (२०३८) सिरेटो साप्ताहिक (२०३९) रासस (२०४२), शनिबार साप्ताहिक (२०४८) जनसंसद दैनिक (अतिथि सम्पादक २०७१—२०७३) लगायतमा पनि कार्य गर्नुभएको थियो ।
२०१३ सालमा भक्तपुरमा जन्मनु भएका श्रेष्ठका पाँचवटा साहित्यिक कृतिहरु प्रकाशित छन् । ढुङगा माथि तरेलिएका फूल र पातहरु (कविता संग्र्रह २०४८), अन्तहिनयात्रा (कविता संग्रह २०५२), हुट्टियाउले आकाश थामेको देश (कविता सङ्ग्रह २०५६), क्यातुके फूल (कथा सङ्ग्रह २०६८), स्मृतिका ती दिनहरु (संस्मरण संग्रह २०७१) उहाँका प्रकाशित कृति हुन् । उहाँका पत्नी निलु श्रेष्ठ, दुई छोरा अनिमेष श्रेष्ठ र अनिशेष श्रेष्ठ, एक छोरी अनिशा श्रेष्ठ रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारश्रेष्ठको स्मृतिमाशोकसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img