Homeसमाचारआज रातिदेखि विर्तामोडमा लकडाउन खुल्ला, सतर्क रहन अपिल

आज रातिदेखि विर्तामोडमा लकडाउन खुल्ला, सतर्क रहन अपिल

विर्तामोड । विर्तामोड नगरपालिका क्षेत्रभित्र गत साउन १८ गते मध्यरातबाट लागू गरिएको लकडाउन आज राति १२ बजेदेखि खुल्ला हुने भएको छ ।
नगरस्तरमा गठित कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समितिको सम्पन्न बैठकले लकडाउन खुल्ला गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ध्रवकुमार शिवाकोटीले जनाउनु भएको छ ।
एकहप्तासम्म लकडाउन गरी विभिन्न पेशा व्यवसायमा संलग्न दुईहजार दुईसय ४३ जनाको नमूना स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएका मध्ये एकहजार पाँचसय चारजनाको रिपोर्ट आउँदा १० जनामा कोरोना देखिएको भएपनि संक्रमित मध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने २ जना मात्र उपचाररत रहेको जनाइएको छ । त्यस्तै सातसय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
झापाको बाह्रदशीका एक राजनीतिकर्मी र औषधी व्यवसायीमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण हुनु केही दिनअघि कामका शिलशिलामा विर्तामोडमा घुमेको पाइएपछि कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्र्दे नगरस्तरमा गठित समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदैं बिशेषगरी अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, नगरका प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, औषधि ब्यवसायी, बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा पुगी जोखिममा परेका ब्यक्तिहरुको मास स्क्रिनिंग गरेको जनाइएको छ ।
महामारी र संक्रमणको जोखिमबाट बच्न सरकारी प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै नगरपालिकाका प्रमुख शिवाकोटीले नागरिकले पनि जागरुकता र तत्परता हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । कोरोनाको समुदायमा संक्रमण फैलन नदिन र यसको रोकथामका लागि समुदाय अझ बढी सचेत मेयर शिवाकोटीले आह््वान समेत गर्नुभएको छ । । कोेभिड १९ (कोरोना) समुदायस्तरमा फैलन नदिन नगरपालिका र नगरका स्वास्थ्यकर्मीले गरेको आहुवानलाई जनस्तरबाट पालना भएमात्र यसको जोखिम कम गर्न सकिने तथ्यलाई सबैले आत्मसात गर्नुपर्ने आह््वान समेत गरिएको छ ।
बिर्तामोड आफैँमा भिडभाडयुक्त क्षेत्र हो । एउटा मुख्य ब्यापारिक केन्द्र भएका कारण र सरकारी कार्यालय, गैर सरकारी संस्था, उद्योग, ब्यवसाय, कृषि उपज केन्द्र, संचार, बैक, बित्तीय संस्था, संस्थानका कार्यालयहरु धेरै संख्यामा रहेका कारणले पनि यहाँ धेरै आवतजावत हुनु स्वाभाविकै हुनेतर्फ सचेत बनेर आफ्ना दैनिक क्रियाकलाप संचालन गर्दै नगरलाई सुरक्षित राख्ने घरबाट बाहिर ननिस्कनु परेमा भिडभाड हुने सामाजिक गतिबिधि, क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह समेत गरिएको छ ।
नगरले क्वारेन्टाइनको रेखदेख ब्यवस्थापन, निगरानी कन्ट्याक्ट ट्ेसिंग, खोजपडताल तथा ब्यवस्थापनका कामहरु निरन्तर गरिरहेको छ भने यसलाई अझै ब्यवस्थितरुपमा निरन्तरता दिने योजना रहेको छ । पीसीआर परीक्षणको दायरालाई बढाउँदै आइसोलेसन वार्ड बनाउन पनि पहल भइरहेको छ ।
आवश्यकता अनुसार होम क्वारेन्टाइनको ब्यवस्थालाई प्राथमिकता दिदै पीसीआर गर्नुपर्ने दायराका ब्यक्तिहरुको पहिचान गर्ने कार्य जारी नै रहेको हुँदा कोरोनाको शंका लागेका ब्यक्तिहरुले तत्कालै नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न अपिल गर्दछौं ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआज रातिदेखि विर्तामोडमा लकडाउन खुल्ला, सतर्क रहन अपिल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img