HomeFeatured 2झापालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

झापालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

भद्रपुर । झापा जिल्लालाई आज बाट पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा जिल्ला खोप समन्वयन समिति झापाले चन्द्रगढीमा मंगलबार आयोजित कार्यक्रमका बीच झापा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका निमित कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ साल असार ३१ गते झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाहरुबाट प्राप्त विवरणका आधारमा खोप सुनिश्चितता घोषणा गरिएको बताउनु भयो ।
नगरपालिका र गाउँपालिकाबाट १६ देखि २३ महिना भित्रका ८ हजार १२ जना बालबालिकाहरुलाइृ पूर्ण खोप प्रदान गरेको विवरणका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गर्न कार्यलय सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बालबालिकाको स्वास्थ्यको लागि पुनः समुदाय स्तरसम्म गएर उनीहरुको खोजी गर्दै खोपलाइ निरन्तरता दिनुपर्नेमा जोडदिनु भयो । सो अवसरमा समन्वय समिति प्रमुख सोम पोर्तेलले खोप सुनिश्चितता प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको थियो ।
पोर्तेलको अध्यक्षता तथा कार्यलयका फोकल पर्सन जीवन चौंलागाईको संचालनमा सम्पन्न कार्यक्रममा समन्वय समिति झापाकी उपप्रमुख मिना घिमिरे पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल, प्रहरी नायव उपरीक्षक डिएसपी राकेश थापा ,लगायतका अतिथिहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img