Homeअर्जुनधाराइनरह्वीलद्वारा अर्जुनधारा संस्कृत विद्यापीठका विद्यार्थीलाई खाद्यान्न र राखी

इनरह्वीलद्वारा अर्जुनधारा संस्कृत विद्यापीठका विद्यार्थीलाई खाद्यान्न र राखी

झापा । अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न अभाव भएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले खाद्यान्न सहयोग गरेको छ । ।
लकडाउनका कारण खाद्यान्न अभावका कारण विद्यार्थीलाई बाँच्न गाह्रो हुने देखेपछि खाद्यान्न सहयोग गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई राखी समेत बाँधिदिएका छन् ।
कोरोना भाइरसले महामारीको रुप लिँदा त्यसवाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न अभावको कारण भोकभोकै बस्नुपर्ने अवस्थामा रहेका अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई बिर्तामोडका समाजसेवी तथा व्यवसायी श्याम वंशलले सौजन्य गरेको एक महिना पुग्ने खाद्यान्न उपलब्ध गराएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताउनु भयो ।

इनरह्वील क्लव अफ विर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, सेक्रेटरी सम्झना भण्डारी, मेम्वर कमला पौडेल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशल, बोर्ड मेम्वर जगत शर्मा, मिडिया पर्सन तुलसीप्रसाद निरौला लगायतले अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देल, अर्जुनधारा जलेश्वरधामका वरिष्ठ सदस्य चित्रशेन भण्डारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
अर्जुनधारा संस्कृत विद्यापिठमा भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथर, खोटाङ, मोरङ, झापाका ६५ जना विद्यार्थी गुरुकुलीय शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई गत जेठ महिनादेखि खाद्यान्न अभाव भएको अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देलले बताए ।
कोरोनाकै कारण आफ्ना दाजुभाइ भेट्न जान नपाएपछि इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनका दिदीबहिनीले पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई दाजुभाइ मान्दै राखी बाँधेर रक्षाबन्धन मनाएका छन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, सेक्रेटरी सम्झना भण्डारी, मेम्वर कमला पौडेल लगायतले अर्जुनधारा संस्कृत वेदविद्यापिठमा अध्ययनरत् विद्यार्थीलाई राखी बाँधिदिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
अर्जुनधाराइनरह्वीलद्वारा अर्जुनधारा संस्कृत विद्यापीठका विद्यार्थीलाई खाद्यान्न र राखी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img