TODAYS TOP 5 NEWS

कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुने सबै पर्साको विरगञ्ज महानगरपालिकाका हुन् । पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुर बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने सोही वडाका गण्डक अस्पतालमा उपचाररत एक पुरुष, महानगरपालिका १६ का ३५ वर्षिय युवा र महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

काँकरभिट्टाका थप १२ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

पूर्वीनाका काकरभिट्टाका १२ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन ११ गते कारभिट्टाको होल्डिङ सेन्टरमा स्वाब संकलन गरिएका ३२ जना शसस्त्र प्रहरीमध्ये १२ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बिराटनगर स्थित कोशी अस्पतालले जनाएको छ ।

प्रशासनद्वारा सञ्चालनमा रहेका विद्यालय बन्द

झापा । कोरोना संक्रमणका दृष्टिले रेडजोनमा परेको भद्रपुर नगरपालिका निजी तथा सामुदायिक विद्यालय प्रशासनले बन्द गराएको छ । संघीय सरकारको निर्णय विपरित भद्रपुर नगरपालिकाका क्षेत्रमा विद्यालय सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारबाट बन्द गराएको छ । सरकारले अन्य क्षेत्र खुल्ला गरेपनि शिक्षा क्षेत्र भदौ १ गते अघि खोल्न रोक लगाईरहेका बेला भद्रपुर नगर शिक्षा समितिको साउन ८ गतेको बैठकले विद्यालय सञ्चालन गर्न दिएपछि सञ्चालनमा आएका विद्यालयहरू शुक्रवारबाट बन्द गराइएको हो ।

सत्याग्रहीको मागमा राप्रपाको ऐक्यवद्धता

लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानमा ऐक्यवद्धता जनाएकोे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्याग्रहस्थल काठमाडौंको बसन्तपुरमा विभिन्न माग राख्दै लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिंदै सत्याग्रहीसँग भएको सहमति सरकार इमान्दारीताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

स्वर्ण पदक विजेतालाई कांग्रेसको सम्मान

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । कांग्रेस खेलकुद विभागले आयोजना गरेको कार्यक्रममा
कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीलाई प्रतिखेलाडी नगद १० हजार सहित सम्मान गरेको हो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img