Homeसमाचारमास्क नलगाए जरिवाना गर्ने

मास्क नलगाए जरिवाना गर्ने

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिँडडुल गर्ने तथा भेला हुने व्यक्तिहरुलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन २०२० को दफा–३ बमोजिम घर बाहिर मास्क नलगाई हिँड्ने प्रवृत्तिमाथि कुनै पनि सम्झौता नगरी अटेर गर्नेहरुविरुद्ध निर्णयको कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिइएको छ । मास्क नलगाई हिड्नेलाई अब एकसय रुपैयाँ जरिवाना हुने भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको अध्यक्षतामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । गरेको हो । कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गएको र हाल केही सेवा र कार्यहरु सञ्चालन गर्न खुला एवम् सहजीकरण गरिएसंगै खुलमखुला हिँडडुल गर्ने क्रम बढेको निष्कर्ष निकाल्दै बैठकले मास्क नलगाई हिड्नेलाई कारवाहीको निर्णय गरेको हो । मास्कको प्रयोग नगर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने, न्यूनतम सामाजिक दुरी कायम नगर्ने, अनावश्यक भिडभाड गर्ने प्रवृत्तिमा बृद्धि भई संक्रमणको जोखिम बढ्दै गएकाले जरिवानाको निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जनाउनु भयो ।
यसैबीच, झापबाट अर्को जिल्ला जानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य सवारी पास लिएर मात्र सवारी चलाउन बैठकले आग्रह गर्नुका साथै अर्को जिल्लाबाट झापा आउन पनि सो जिल्लाबाट पास लिएर मात्र आउन आग्रह गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमास्क नलगाए जरिवाना गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img