Homeविर्तामोडविर्तामोडका ७० जना बढीलाई घरबाहिर ननिस्कन निर्देशन

विर्तामोडका ७० जना बढीलाई घरबाहिर ननिस्कन निर्देशन

उच्च सतर्कता अपनाउँदै, रिपोर्टका आधारमा निषेधाज्ञाको तयारी

विर्तामोड । तीनदिन अघि झापाको बाह्रदशीका कोरोना संक्रमण पुष्टि भएका दुईजना विभिन्न कामले विर्तामोडमा समेत आएको पुष्टि भएपछि विर्तामोडमा उच्च सर्तकता अपनाइएको छ ।
उनीहरु गएको ठाउँ र सम्पर्कमा गएका मानिसहरुको खोजी गर्दै विर्तामोड नगर क्षेत्रका स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गर्दै होम क्वारेन्टाइनका रुपमा बस्न लगाइएको विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिनुभयो ।
स्वास्थ्य र राजनीतिक क्षेत्रमा क्रियाशील उनीहरुको सम्पर्कमा पुगेका आजदेखि होम क्वारेन्टाइनमा बसेकाको भोली (विहिबार) पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने तयारी गरिएको उपप्रमुख महतराले बताउनु भयो।
स्वाव संकलन गरिएकाहरुको रिपोर्ट नआएसम्म कोरोना संक्रमणको उच्च जोखिममा रहेको विर्तामोडमा सतर्कता अपनाउनका लागि आग्रह गर्ने निर्णय गरेको नगरपालिकामा आज कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको बैठकले परीक्षण गरिएका मध्ये कसैको रिपोर्ट पोजेटिभ देखिएमा निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।
कोरोना समुदायमा सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको उपप्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिनुभयो ।
बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएका स्वास्थ्य क्षेत्रका ६० सहित अन्य गरी ७० जना बढीको पहिचान गरी घर बाहिर ननिस्कन निर्देशन दिइएको बताइएको छ ।
बैठकले विहिबार विहानैदेखि नगरक्षेत्रमा कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न, बेलुका ५ बजे नै बजार बन्द गर्न, कोरोनाबाट बच्नका लागि संवेदनशील भइ सचेत र सतर्क रहन, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने, सर्वसाधारणलाई सचेत गराउने सूचना प्रवाह गर्ने उप–प्रमुख प्रसाईले बताउनु भयो ।
बाह्रदशीका संक्रमण पुष्टि भएका दुई मध्ये एक नेकपाका नेता र अर्का निजी क्लिनिक र फार्मेसी संचालन गरेका स्वास्थ्यकर्मी रहेको खुलेको छ । उनीहरु कोरोना पुष्टि भएका उनीहरु केही दिनअघि विर्तामोड आएको खुलेपछि नगरपालिकाले उच्च सतर्कता अपनाएको हो ।
कोरोना पुष्टि भएसंगै धरानमा उपचाररत रहेका नेकपाका ती नेताले आफूसंग भेटघाट भएकाको विवरण सम्झिएर साध्य नभएको बताएका छन् । उनी केही दिनअघि विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पार्टी सदस्यताको फायल बुझाउन आएका थिए । साथै सामाजिक संघसंस्थाको बैठकमा पनि उनीे सहभागि भएको खुलेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विर्तामोडविर्तामोडका ७० जना बढीलाई घरबाहिर ननिस्कन निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img