झापा ८ साउन । झापाको भद्रपुरस्थित कमलधापका तीन बालक मृत फेला परेका छन् ।
हिजो दिउँसोदेखि हराइरहेका बालक भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसारमा हिजो बेलुका–१ र आज विहान –२ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सिमसारमा डुवेर मृत्यु हुनेमा भद्रपुर–२ कमलधाप निवासी अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँकी कमला थामीका २ छोराहरु करण थामी र अर्जुन थामी रहेको बताइएको छ ।
बुधबार दिउँसोदेखि घरबाट वेपत्ता रहेका तीन बालक मध्ये अंकुश तामाङको शब विहिबार बेलुका फेला परेको थियो भने थामी दाजुभाईको शब सोही सिमसारमा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।
एकै गाउँका तीन बालकको पानीमा डुबेर मृत्यु भएपछि गाउँ नै शोकमा डुवेको छ ।
एकै ठाउँका तीन बालकको डुवेर मृत्यु, गाउँ नै शोकमा



















