Homeमनोरञ्जनआत्महत्या न्युनिकरण सम्बन्धि नाटक प्रदर्शन

आत्महत्या न्युनिकरण सम्बन्धि नाटक प्रदर्शन

विर्तामोड ७ साउन । क्रिएटिभ नेप्लिज युथ विर्तामोडको आयोजनामा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै हेडलाइन नामक नाटक प्रदर्शन गरिएको छ ।
विर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पछिल्लो समय आत्महत्याका घटना बढिरहेका बेला नेप्लिज युथले सचेतनामूलक कार्यक्रम तथा नाटक प्रदर्शन गरेको हो ।
एउटै समाचारका विभिन्न शीर्षकले पाठक–श्रोतालाई भ्रममा पारेको विषयवस्तुमा आधारित नाटकको निर्देशन आयुस प्याकुरेलले गर्नुभएको थियो । नाटकमा रोहित घटराज, कल्याण थापा, रिया प्रसाई, सिमरन बुढाथोकी, ओसिन श्रेष्ठ, नेहा भण्डारी, सुचित पाण्डे लगायतले अभिनय गर्नुभएको थियो ।
नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सन्ध्या पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा सञ्चालन विञ्जु बरालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
मनोरञ्जनआत्महत्या न्युनिकरण सम्बन्धि नाटक प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img