झापा । झापाका १ सहित पछिल्लो २४ घण्टामा देशभरमा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । २७ प्रयोगशालामा तीन हजार तीनसय ३१ जनामा गरिएको पिसिआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यो अवधीमा कोरोनालाई जितेर १०३ जना घर फर्केका छन् । देशभरका क्वारेन्टाइनमा २३ हजार पाँचसय ७५ जना छन् भने आइसोलेशनमा पाँचहजार ८ सय २५ जना उपचाररत रहेको डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयको नियमित कोरोना व्रिफिङका क्रममा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकसय तीनजना कोरोना संक्रमण जीतेर घर फर्किएका छन् । कोरोना संक्रमीतको संख्या १७ हजार पाँचसय दुईजना पुगेको छ ।
विश्वमा कोरोनाबाट एककरोड ४२ लाख दुईहजार नौ सय ८९ जना संक्रमीत भएका छन् भने पाँचलाख ९९ हजार छ सय तीनजनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
आज ५७ जनामा कोरोना संक्रमण पुष्टी

































































































