सुनसरी २६ असार ।
नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का एक व्यक्तिको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–४ स्थित विश्व आदर्श स्कूल छेउको नालीमा जमेको पानीमा बुधबार राति १२ बजे करेन्ट लगाएर माछा मार्ने क्रममा स्कूलका सहयोगी समेत रहेका २९ बर्षीय महेश चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
राति करेन्ट लगाएर माछा मार्दा चौधरीको मृत्यु
































































































