Homeसमाचारसुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित भर्चुअल बैठकमा मन्त्री बोल्दै गर्दा अश्लिल भिडियो...

सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित भर्चुअल बैठकमा मन्त्री बोल्दै गर्दा अश्लिल भिडियो …

काठमाडौं ८ असार । कोरोना महामारीपछि जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। जुम एपको सुरक्षात्मक पाटो कमजोर रहेको भन्दै आइटीका जानकारहरुले यसको प्रयोग नगर्न चेतावनी दिँदै आएका बेला त्यसको सुरक्षात्मक कमजोरी सोमबार प्रत्यक्ष देखिएको छ ।
जुम एप’ मार्फत भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न (अश्लिल) भिडियो प्ले भएपछि आयोजकले जुम बैठक तुरुन्तै अन्त्य गरेसंगै जुम एपमा सुरक्षात्मक कमजोरी छ भन्ने पुष्टि भएको हो ।
नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको हो । मन्त्री भट्टराई बोल्दै गर्दा पोर्न भिडियो प्ले भएपछि आयोजकले तत्कालै जुम मिटिङको अन्त्य गरेका थिए ।
मन्त्रीसहित करिब २ सय जना सहभागी उक्त भर्चुअल बैठकमा अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो प्ले गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित भर्चुअल बैठकमा मन्त्री बोल्दै गर्दा अश्लिल भिडियो...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img