Homeसमाचारभ्रष्टाचार र बेसार विरुद्ध सडकमा सुतेर विरोध प्रदर्शन

भ्रष्टाचार र बेसार विरुद्ध सडकमा सुतेर विरोध प्रदर्शन

झापा ६ असार । बिहीबार प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने बताएपछि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विषय लिएर अहिले सामाजिक सञ्जालदेखि सडकसम्म भइरहेको छ ।
कोरोना संक्रमणका बेला सरकारले जनताको हितमा काम गर्न नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै विगत केही दिनदेखि आन्दोलनमा उत्रिएका युवाहरुले विरोधको शैली फेर्दै निरन्तरता दिंदै आएका छन् ।

महामारीमा नागरिकका लागि सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको भन्दै विरोधमा काठमाडौँमा उत्रिएका युवाहरुले प्रधानमन्त्रीले बेसार खाए कोरोना भाग्छ भन्ने भनाईलाई पनि विरोधमा समेटेका छन् । युवाहरुले शनिवार काठमाडौंको शहीद गेटमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंमा सडकमा सुतेका युवाहरुले पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लज्जास्पद रहेको प्रदर्शनकारीले बताएका छन् ।
प्रधानमन्त्रीले बेसार पानी खाएर कोरोना भगाउन भनेपछि सामाजिक सञ्जालमा व्यङ्ग्यको प्रतिकका रुपमा बेसार रंगको प्रयोगकर्ताले बढाएका छन् । प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभ्रष्टाचार र बेसार विरुद्ध सडकमा सुतेर विरोध प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img