Homeसमाचारसाइकलमा लिफ्ट मागेर चोरीमा संलग्न दुई प्रहरी नियन्त्रणमा

साइकलमा लिफ्ट मागेर चोरीमा संलग्न दुई प्रहरी नियन्त्रणमा

झापा ३१ जेठ । संगै घर जाने भन्दै लिफ्ट मागेर साइकलको पछाडि बसेका एक अपरिचित व्यक्तिले आफ्नो व्यागमा रहेको पैसा चोरी गरी भागेपछि त्यसको खोजी गरिदिन प्रहरीमा परेको निवेदनका आधारमा इलाका प्रहरी कार्यालय विर्तामोडले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गत जेठ २८ गते झापा अर्जुनधारा–४ का आइत सुब्बा बैंकबाट पैसा निकालेर साइकलमा घर जाँदै गरेको अवस्थामा एक व्यक्तिले आफूपनि संगै घर जाने भन्द साइकलको पछाडी बसेका ती व्यक्तिले रकम चोरेर भागेको भन्दै खोजी गरिदिन माग गरी दिएको निवेदनका आधारमा प्रहरीले अर्जुनधारा–११ का मन्त चेम्जोङ र सोही ठाउँका मनकुमार बुढाथोकीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुबाट प्रहरीले चोरी भएको रकममध्ये ९० हजार, १५० सिसिको मे ४ प ३२५ नं.को पल्सर मोटरसाइकल, गोल्डेन रङको स्क्रिन टच र सादा आइटिइएल २ थान मोवायल समेत फेला पारेको जनाएको छ ।
प्रहरीले चेम्जोङलाई जेठ २९ गते मोटरसाइकलसहित बुट्टाबारीबाट र बुढाथोकीलाई जेठ ३० गते विर्तामोड १० तेलगानीबाट चोरी गरेको नगदसहित नियन्त्रणमा लिएको जनाएको जनाएको छ ।
गत जेठ २८ गते विर्तामोडस्थित ग्लोवल बैंकबाट २ लाख १२ हजार ४१८ रुपैयाँ झिकेर साइकलमा घर फर्कदै गर्दा एक अपरिचित व्यक्ति म पनि घर हिँडेको संगै जाउँन भनि साईकलको पछाडी बसेर सुब्बाको ब्यागसमेत मागेका थिए । त्यसपछि चिसो खाउँ भन्दै पीडित सुब्बाकै मोवायलबाट फोन गरी, चिसो लिएर आउँछु भन्दै हिडेको र अलि पर गएर त्यो अपरिचित व्यक्ति मोटरसाइकल चढेर भागेपछि शंका लागेर सुब्बाले ब्याग खोलेर हेर्दा रकम र मोवायल दुवै चोरी भएको थाहा पाएसंगै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।
आफूलाई शंका लागेर ब्याग हेर्दा २ लाख १२ हजार ४१८ रुपैयाँ मध्ये १ लाख ५० हजार रुपैयाँ चोरी भएको थाहा पाएपछि उनले प्रहरीसमक्ष निवेदन दिएको बताइएको छ ।
चोरी भएको १ लाख ५० हजार मध्ये पक्राउ परेकाबाट ९० हजार रुपैयाँ फेला परेपछि बाँकी रकमबारे अभियुक्तले कपडा किनेको देखि अन्य विभिन्न खर्च गरेर मासेको बताएको जानकारी दिंदै अपरिचित भनिएका व्यक्तिसंग लिफ्ट माग्नु, दिनु र रकम चोरी हुनु रहस्यमय देखिएकोले अनुसन्धान जारी रहेको डिएसपी रिजालले जानकारी दिनुभयो । पक्राउ परेकालाई चोरी तथा डाका सम्बन्धी कसुर अन्तरगत कारवाही हुने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाइकलमा लिफ्ट मागेर चोरीमा संलग्न दुई प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img