Homeसमाचारठेकेदार राजनीतिक कार्यकर्ता, संसद बेखवर स्थानीय समस्या झेल्दै

ठेकेदार राजनीतिक कार्यकर्ता, संसद बेखवर स्थानीय समस्या झेल्दै

भद्रपुर २४ जेठ । वर्षायामले ढोका घच्घच्याउँदै गर्दा भद्रपुर वडा नम्बर ९ का मेची राजमार्गसित जोडिएका लिङ्करोड आसपास क्षेत्रका बस्ती प्रवेश गर्ने सडक भत्काएर छोडेपछि स्थानीय समस्यामा परेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा सडक विभाग मार्फत निर्माण ठेक्का लागेर निर्माण सुरू भएका ४ वटा सडक ठेकेदारले भत्काएर, खनेर अलपत्र छोडेपछि आवागमनमा स्थानीयलाई समस्या भएको हो ।
संघीय संसद सुरेन्द्रकुमार कार्की (पार्थ)को संसंद विकास कोष मार्फत करिव ६ करोड रूपैयामा मिलचौक—प्रणामी मन्दिर, लक्ष्मीचौक—मेथीवारी, अस्मिता मार्ग र भद्रपुर १० को सयपत्री मार्ग निर्माण गर्न प्रति सडक ५ सय मिटरका दरले पक्की नाला सहित सडक ग्राभेलिङ गर्ने जिम्मा लिएको काठमाडौ बुढानिलकण्ठको रसिस विल्र्डसले काम सुरू गरेर ४ वटा सडक अलपत्र छोडेपछि स्थानीय समस्यामा परेका हुन् ।
निर्माण ठेकेदारले प्रति सडक एक करोड हाराहारीमा कामको जिम्मा लिएको भए पनि सुरू पेश्की वापत ३० प्रतिशत रकम लिएर सम्पर्क बिहीन भएको स्थानीयको आरोप छ । सो क्षेत्रमा सडक बनाउन छुट्ट्याएको बजेट अनुसारको काम भयो कि भएन भनेर संसद कार्की स्थलगत अनुगमनमा समेत आएका छैनन् भन्दै स्थानीयले अब बर्खा लाग्न सुरू भयो, कोरोनाको त्रास पनि छ तर कसरी नागरिकलाई आवागमनमा सहज बनाउने स्थानीय जनप्रतिनिधिले समेत सोचिदिएनन् ।स्थानीय नवीन केसीका अनुसार कति रकममा कुन स्तरको काम कहिलेसम्म गरिसक्ने भन्ने कुरा सरकारी पक्षले प्रष्ट नपार्दा काम बारे आशंका पैदा भएको छ । केसीले दिएको जानकारी अनुसार पुष्कल पौडेल संसद कार्कीका नजिकका कार्यकर्ता भएका कारण सडक ठेक्का हात त पारे तर, संसद कार्कीलाई बद्नाम हुने गरी काम अलपत्र छाडिदिएपछि समस्या उत्पन्न भएको छ ।

स्थानीय हुकुम प्याकुरेल सरकारी पक्षले सडक अलपत्र पारेपछि प्रमुख प्रतिपक्षी दलले खवरदारी गर्नु पर्ने भन्दै सडक स्तरीकरण स्थानीयलाई सास्तीका लागि नभएको जनप्रतिनिधिले बुझ्न नसकेको बताउँछन् । उनले सडकको दुर्गति बारे जानकारी दिँदा विपक्षी विरोधका दृष्टिले हेरिने परम्पराका कारण ठेकेदारले काम अलपत्र छोडेको समेत आरोप लगाए ।
अर्का स्थानीय हेम चौम्लागाई सडक निर्माण थालनी मात्र गर्दा आधाभन्दा बढी रकम भुक्तानी गर्ने सडक विभाग र सिफारिस गर्ने संसद विकास कोषका जिम्मेवारी लिएका व्यक्ति कोही पनि सडकको अवस्था बुझ्न आएका छैनन । उनका अनुसार सडकमा रहेका खाल्डाखुल्डी तथा नाली किनारा भत्काइएका कारण वर्षादमा पानी जमेर हिड्न सकिने अवस्था रहँदैन ।
स्थानीयको गुनासो बढेपछि नेपाली काँग्रेस भद्रपुर नगर समितिको पहलमा क्षेत्रीय समितिले अलपत्र सडकको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, क्षेत्रीय सभापति गणेश पोखरेल, क्षेत्रीय सचिव रमेश पोखरेल लगायत नगर तथा वडा समिति सहितको टोलीले स्थलगत अनुगमन गरी सडक निर्माण अगाडि बढाउन संसद कार्कीमार्फत ठेकेदार कम्पनीलाई दवाव दिने निर्णय समेत गरेको थियो । तर, काम सुचारू भने हुन सकेको छैन ।
यसै बीच भद्रपुर ९ मिलचौक—प्रणामी मन्दिर सडक खण्डको ५०० मिटर सडकलाई ठेकेदार पक्षले अलपत्र बनाएपछि स्थानीयले आफैं सडक बनाउन थालेका छन् । काम अलपत्र पार्ने रसिस विल्र्डसका सञ्चालक पुष्कल पौडेललाई दिने निकासा सिधै स्थानीयलाई नै दिने वातावरण निर्माण गर्न संसद सुरेन्द्र कार्कीसित अनुरोध गर्दै स्थानीयले आफैं सडक बनाउन थालेका हुन् । स्थानीय शान्ति सापकोटाको अगुवाइमा काम थालिएको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारठेकेदार राजनीतिक कार्यकर्ता, संसद बेखवर स्थानीय समस्या झेल्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img