Homeसमाचार‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघको ३१ हजार

‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघको ३१ हजार

विर्तामोड जेठ २३ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापासहित विभिन्न १८ वटा सामाजिक संघ संस्थाकोे सहयोगमा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघले ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।
एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत वुद्धशान्ति उधोग वाणिज्य संघले उक्त रकमको चेक अभियानको साझेदारी संस्था विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेको हो ।
वुद्धशान्ति उधोग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईं , पूर्व अध्यक्ष गोविन्द पौड्याल लगायतले उक्त चेक अभियानको साझेदारी संस्था विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेका हस्तान्तरण गर्नुभएको थियो ।
कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण कोहीपनि भोकभोकै वस्नु नपरोस् भन्ने उद्धेश्यले एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनु भयो ।
अभियानलाई देश तथा विदेशमा रहका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेको र अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको उनले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघको ३१ हजार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img