काठमाडौँ २२ जेठ । कोरोना भाइरस संक्रमणका कारण ब्राजिल र मेक्सिकोमा एकै दिन अहिलेसम्मकै धेरैले ज्यान गुमाएका छन् ।
दक्षिण अमेरिकी देश ब्राजिलमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा १३ सय ४९ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ज्यान गुमाउनेको संख्या ३२ हजार ५४८ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ।
ब्राजिलमा कुल संक्रमितको संख्या पाँच लाख ८४ हजार भन्दा धेरै छ। यस्तै मेक्सिकोमा पछिल्लो २४ घण्टामा कोभिड १९ बाट एक हजार भन्दा बढीको ज्यान गएको छ।
त्यहाँ कुल मृत्यु हुनेको संख्या ११ हजार ७२९ जनाको पुगेको छ। मेक्सिकोमा संक्रमित हुनेको संख्या एक लाख भन्दा माथि छ। विश्वभर संक्रमितको संख्या ६५ लाख २४ हजार भन्दा बढी पुगेको छ। त्यसमध्ये ३ लाख ८६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्। हालसम्म २८ लाख १७ हजार ८ सय भन्दा बढी संक्रमित निको भएर घर फर्केका छन् ।
कोभिड–१९ बाट ब्राजिल र मेक्सिकोमा अहिलेसम्मकै धेरैको ज्यान गयो

































































































