Homeसमाचारविदेशमा रहेका नेपालीको शुक्रवारदेखि, शुक्रबार बर्माका २६ जना ल्याउने तयारी

विदेशमा रहेका नेपालीको शुक्रवारदेखि, शुक्रबार बर्माका २६ जना ल्याउने तयारी

काठमाडौं २२ जेठ । विदेशमा कोरोना भाइरससहित विभिन्न कारणले दुःख भोगीरहेका नेपालीको शुक्रबारदेखि उद्दार गरिने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ। काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो ।
यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको भएपनि उक्त विषयमा छलफल भइरहेकोले विहिबार सांझसम्ममा निर्णयमा पुगिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
‘तयारी भइरहेको छ, साँझसम्म निश्चित हुन्छु राजदूत ढकालले भन्नुभयो, ‘भोलि यहाँबाट पनि फर्कने सम्भावना छ, नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा लिस्ट बनाएका छौं, त्यसको आधारमा उडान भएमा झण्डै १७० जना यहाँबाट फर्कनुहुनेछ ।’ यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन् ।
सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविदेशमा रहेका नेपालीको शुक्रवारदेखि, शुक्रबार बर्माका २६ जना ल्याउने तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img