Homeसमाचारमनकामना कलेजमा कानूनसहित तीन नयाँ विषय

मनकामना कलेजमा कानूनसहित तीन नयाँ विषय


विर्तामोड/ योग्यता प्राप्त शिक्षक अभावमा सुरु गरेर पनि अध्यापन स्थागित गरेको मनकामना कलेजले पुनः होटल म्यानेजमेन्ट कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
कलेजले यसैवर्षदेखि कक्षा ११ बाट तीनवटा नयाँ विषयका कक्षा सञ्चालन गर्र्न लागेको कलेजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही अनुसार शिक्षक अभावमा स्थगित गरिएको होटल म्यानेजमेन्टको कक्षा पनि पुनः सञ्चालनमा ल्याउन लागेको कलेजका प्रिन्सिपल प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।
मनकामना कलेजले माध्यमिक तह अर्थात कक्षा ११ मा यसै वर्षदेखि कानून संकाय, ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट विषयका कक्षा सञ्चालन गर्न लागेको हो ।
त्रिभूवन विश्व विद्यालयले प्रविणता प्रमाणपत्र तह हटाएसंगै विद्यार्थीहरुले कानूनको आधारभूत ज्ञानप्राप्त गर्ने चाहने विद्यार्थीहरु कानून पढ्ने अवसरबाटै बञ्चित भएको भन्दै कलेजले कानून विषय पढ्न चाहनेका लागि उक्त अवसर जुराएको अधिवक्ता सुधिर सुवेदीले बताउनु भयो ।
त्यस्तै नेपालको पर्यटन व्यवसाय सञ्चालनमा आवश्यक सीप प्रदान गरेर दक्ष बनाउने उद्देश्यले ट्राभल एण्ड टुरिजमको कक्षा सञ्चालन गर्न लागेको कलेज को–अडिनेटर कुमार थपलियाले बताउनु भयो ।
सञ्चालनमा ल्याएर स्थगन गरिएको होटल म्यानेजमेन्टको कक्षा सञ्चालनका बारेमा क्याप्पस प्रमुख भट्टराईले होटल म्यानेजमेन्टको स्थानीयदेखि विदेशसम्मै रोेजगारीको अवसर रहेको बताए । अध्ययन पछि रोजगार बन्ने अवसर बोकेको कक्षा स्थगन गर्नु पर्नाको कारण बताउँदै उनले भने त्यो बेला दक्ष शिक्षक नभेटिएपछि कक्षा स्थगन गरेका थियौं, ४÷५ वर्ष पछि अहिले दक्ष शिक्षक भेट्यौं र पुनः सञ्चालनमा ल्याउन लागेका हौं ।’
कलेजका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन गोपाल काफ्लेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमनकामना कलेजमा कानूनसहित तीन नयाँ विषय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img