Homeसमाचारलखिबारीलाई ४५ वटा वितरण

लखिबारीलाई ४५ वटा वितरण

बिर्तामोड २१ जेठ । बिर्तामोड नगरपालिकाद्धारा ०७४ सालदेखि सुरु गरिएको नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तरगत बितरित समूहले अर्को समूहलाई बाख्रा फिर्ता गरेको छ । सो कार्यक्रमले बिर्तामोड नगरपालिकाका कृषि समूहहरुलाई अनुदान स्वरुप बाख्रा बितरण गरेको थियो ।
सो समयमा बितरण गरिएको एउटा समूह बिर्तामोड ९ स्थित नव नमूना बाख्रा पालन समूहले यसरी अर्को समूहलाई बाख्रा फिर्ता गरेको पशु शाखा प्रमुख साबित्राकुमारी दाहालले बताउनुभयो ।
नगरपालिकाले प्रत्येक समूहका १५ जनालाई ३ बटाका दरले बाख्रा प्रदान गरेको थियो । सो कार्यक्रममा नव नमूना बाख्रा पालन समूहकी अध्यक्ष कमला थापाले आफूहरुले नगरपालिकाको नीति बमोजिम बाख्रा पाठा फिर्ता गरेको जानकारी गराउनु भयो

नव नमूना बाख्रा पालन समूहबाट प्राप्त ४५ बटा बाख्रा पाठा बिर्तामोड ९ लखिबारी यूवा बाख्रापालन समूहका किसानलाई नगर उपप्रमुख पबित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिबडा, प्रशासन शाखा प्रमुख देबराज कार्की लगायतले बितरण गर्नुभएको पशु शाखाका कर्मचारी बिष्णु भट्टराईले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत किसानहरुलाई खोर निर्माणदेखि बाख्राको बिमा र उपचार सेवा प्रदान गरिदै आएको पशु शाखाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलखिबारीलाई ४५ वटा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img