Homeसमाचारसांसदद्वारा विराट पोखरी स्तरोन्नतीको अनुगमन

सांसदद्वारा विराट पोखरी स्तरोन्नतीको अनुगमन

भद्रपुर १९ जेठ । विर्तामोड–१० स्थित पौराणिक महत्व बोकेको विराटपोखरीलाई पर्यटकीय आकर्षका लागि भइरहेको स्तर उन्नतिको काम बारे प्रदेश संसद ओमप्रकाश सरावगीले स्थलगत अनुगमन गर्नु भएको छ ।
झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा संसद रहेका सरावगीले पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त २० लाख रूपैयामा भइरहेको पोखरी स्तरोन्नतिको कामको स्थलगत अनुगमन गर्नुभएको हो ।


पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई तथा घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिनुभएको थियो । आचार्यका अनुसार पोखरी भित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ । पोखरी विकासका लागि अन्य धेरैकाम बाँकी रहेकाले वजेट अभाव भएको गुनासो समेत अध्यक्ष आचार्यको रहेको थियो ।
संसद सरावगीले गुरूयोजना अनुरूप पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न आगामी वर्ष थप वजेट प्रबन्धका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनुगमनका क्रममा भेटिएका स्थानीयले पौराणिक महत्व बोकेर बसेको विराटपोखरी क्षेत्रमा आवश्यक पुर्वाधार निर्माण नहुँदा पर्यटकलाई आकर्षण गर्न नसकिएको गुनासो पोखेका थिए । अनुगमन टोलीमा नेपाली काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली लगायत सहभागी रहेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसांसदद्वारा विराट पोखरी स्तरोन्नतीको अनुगमन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img