Homeसमाचारकोरोना अस्पताल निर्माणमा स्थानीयको विवाद होइन: विवाद समाधान समिति

कोरोना अस्पताल निर्माणमा स्थानीयको विवाद होइन: विवाद समाधान समिति

द्रोण अधिकारी
भद्रपुर १८ जेठ । विवादको बाहना बनाएर कोरोना उपचार अस्पताल निर्माण अलपत्र पार्नु नहुने कोभिड १९ उपचार अस्पताल विवाद समाधान समितिले ठहर गरेको छ । विवाद समाधान समितिले भद्रपुर स्थित मेची अस्पतालको निर्माणाधिन भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी समितिका पदाधिकारी तथा सदस्यहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधिन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवन मध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् ।
भेलामा सहभागीहरूले भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभा गृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाँ भवन मध्ये एक स्थानमा अस्पताल सञ्चालन गरिनु पर्ने माग गरेको हो ।

सम्मेलनमा सहभागी अधिकांसले भद्रपुरको विकासमा स्थानीय बाधक भन्ने भ्रम फैलाएर केही विकास विरोधी तत्वहरूले अस्पताल निर्माण कार्य ओझेलमा पारेको प्रति आपत्ति जनाएका छन् । उनीहरूले अस्पताल बनिनु स्वागत योग्य भएको भए पनि भरपर्दो सुरक्षा सावधानी विना अस्पताल बनाउनु नहुने समेत प्रष्ट पारेका छन् ।
सम्मेलनमा सहभागी भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज व्यक्तिेले घर बनाउँदा त चार किल्ला प्रमाणित गर्न सार्वजनिक सूचना जारी गर्नु पर्छ, सर्वपक्षीय सरोकारको विषय सरूवा रोग अस्पताल बनाउँदा प्रभावित क्षेत्रको स्थानीय जनप्रतिनिधिसित छलफल गर्नु नपर्ने भन्दै बैकल्पिक भवनहरू मध्येमा कोरोना अस्पताल बनाउन सक्दो सहयोग गर्ने बताउँछन् ।
प्रत्यक्ष प्रभावित क्षेत्रभित्र पर्ने भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले विपन्नको जीवनदान केन्द्रका रूपमा रहेको मेची अस्पतालका विविध सेवा प्रभावित नहुने तथा विश्वस्वस्थ्य संगठनको मापदण्ड अनुसारको सुरक्षित र भरपर्दो उपचार अस्पताल बनाउन विज्ञ टोलीले विश्वास दिन सक्छन् भने निर्माणाधीन भवनमा अविलम्ब अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।
सहभागी मेची अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमण त्रासका कारण अस्पताल भवनको विवाद आएको नभएर निर्माणाधिन भवनको उपयोगिता के का लागि थियो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ खोज्ने क्रममा स्थानीय विरोधमा उत्रेका हुन् । पुरानो भवन असुरक्षित भइसकेका कारण अस्पतालका विविध सेवा नयाँ भवनबाट प्रदान गर्नुपर्ने आवश्यकता सरकारी पक्षले बुझ्नु पर्ने अधिकारीको धारणा छ ।
अर्का सहभागी मेची बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. पृथ्वीविक्रम राई निर्माणाधीन भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका बैकल्पिक भवनहरू मध्येमा अस्पताल बनिनु पर्ने बताउँछन् । राईले सञ्चालनमा रहेको अञ्चल अस्पताल र प्रस्तावित कोरोना अस्पतालको मुख्य प्रवेशद्वार एउटै भएका कारण पनि प्राविधिक दृष्टिले मेची अस्पतालमा कोरोना अस्पताल थप्न असंभव देखिने स्पष्ट पारेका छन् ।
सरोकार समितिका सदस्य गुरूप्रसाद सुवेदी न्युनतम पूर्वाधार समेत नरहेको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पता बनाइनु हुँदैन भन्दै स्थानीयको आवाज सम्बोधन गर्न अस्पताल सिफारिस समिति नागरिक समाजले निर्माण गरेको विवाद समाधान समितिसित वार्तामा बस्नु पर्ने बताउँछन् ।
नागरिक समाजका तोया गड्तौला अस्पताल निर्माणका लागि कहाबाट कति रकम आएको हो सिफारिस समितिले अविलम्ब सार्वजनिक गरेर निर्माण हुने हो कि हल्ला मात्र हो प्रष्ट्याउनु पर्ने धारणा राख्छन् ।
अग्रज पत्रकार गोपाल गिरी अस्पताल बनाउने हतारोमा ३ तले भवन आधामै निर्माण रोकिने चिन्ताले भद्रपुरको विकासमा अवरोध आएको बताउँछन् । स्थानीय विकास विरोधी होइनन् भन्दै गिरी अस्पताल बनिनु पर्छ तर, दीर्घकालसम्म असर नगर्ने सोचले काम गर्नु पर्ने प्रष्ट्याउँछन् ।
कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा सम्पन्न सम्मेलनमा भद्रपुर नगर क्षेत्रका तथा झापाका केही सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलहरूका प्रमुखको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने तयारी गरेको थियो । तर, भविष्यमा प्रत्यक्ष असर पर्ने भद्रपुरका स्थानीयबासीले अस्पतालमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भन्दै आपत्ति जनाउँदै सरकारी निर्णय नसच्चिए आन्दोलनमा जाने तयारी गरिसकेका छन् । सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता सम्वेदनशील क्षेत्र ५० मिटर दुरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य रोगका विरामी उपचार सेवा लिन अस्पताल कसरी आउन सक्छन् ? भन्ने प्रश्न स्थानीय सरोकारवालाले जोडदार उठाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना अस्पताल निर्माणमा स्थानीयको विवाद होइन: विवाद समाधान समिति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img