Homeसमाचारव्यवस्थित हुँदै कचनकवलका क्वारेन्टाइन र होल्डिङ एरिया

व्यवस्थित हुँदै कचनकवलका क्वारेन्टाइन र होल्डिङ एरिया

झापा १६ जेठ । ७३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको कचनकवलका लगभग २०० जना बढीको पहिलो चरणमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यसले कचनकवलका स्थानीय तथा झापाबासीमा केही खुशी छाएको छ ।
नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित कचनकवलमा विगत केही अघि भारतको मुम्बई, दिल्ली, विहार लगायतका विभिन्न ठाउँमा रोजगारीमा रहेका नेपालीहरु स्वदेश फर्किएसंगै उनीहरुलाई गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट स्वदेश फर्किएका ७३ जनामा कोरोना पोजेटिभ देखिएपछि झापामा चिन्ता बढेको थियो ।
साथै ठूलो संख्यामा रहेका स्थानीयलाई क्वारेन्टाइनमा राख्नु पर्दा शुरुवाती चरणमा व्यवस्थापन कठिन भद्रगोल देखिएको कचनकवलले पछिल्लो समय क्वारेन्टाइनलाई केही सुधार समेत गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाउनु भएको छ ।
गाउँपालिकाले क्वारेन्टाइन र होल्डिङ एरियाको व्यवस्थापन धेरै राम्रो भएको पाइएको सभापति ढकालले जानकारी दिनुभयो । शुक्रबार जिल्लास्थित कोरोना जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिले स्थलगत अनुगमन गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवस्थित हुँदै कचनकवलका क्वारेन्टाइन र होल्डिङ एरिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img