Homeसमाचारप्रदेश–१ का नागरिकको पिसिआर गरेर मात्र जिल्ला पठाइने : झापा प्रहरी प्रमुख...

प्रदेश–१ का नागरिकको पिसिआर गरेर मात्र जिल्ला पठाइने : झापा प्रहरी प्रमुख कोइराला

झापा ११ जेठ । पूर्वी नाकाबाट उद्दार गरेर नेपाल भित्र्याइएका प्रदेश नं.–१ का नागरिकको पिसिआर गरेर मात्र सम्बन्धित जिल्ला तथा पालिकाहरुमा पठाइने भएको छ ।
पूर्वीनाकाबाट उद्दार झापाका होल्डिङ सेन्टरमा राखिएका मध्ये प्रदेश १ का नागरिकको पिसिआर परीक्षण गरेर मात्र जिल्ला पठाउने निर्णय भएको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
झापाका विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रदेश–१ का नागरिकलाई धैर्य गर्न आग्रह गर्दै प्रहरी प्रमुख कोइरालाले भन्नुभयो–‘प्रदेश–१ का नागरिकको पिसिआर परीक्षण गरेर मात्र जिल्लामा पठाउने प्रदेश सरकारले निर्णय गरेको छ, सोही अनुसार काम गरिहेका छौं ।’
उद्दार पछि स्वदेशमा आइपुगेका प्रदेश–१ का नागरिकहरुलाई केही समय धैर्य गर्न आग्रह गर्दै प्रहरी प्रमुख कोइरालाले भन्नुभयो–‘कहाँबाट उद्दार गरेर ल्यायौं, राखेका छौं, स्वदेशमा आइपुग्नु भएको छ, प्रदेश सरकारले पिसिआर गरेर मात्र पठाउने निर्णय गरेको छ, पिसिआर गरेर रिपोर्ट आएपछि जिल्लामा नगरमा र गाउँमा पुग्नुहुन्छ, केही समय धैर्य त गर्नुहोस् ।’
उद्दार गरेर ल्याएका मध्ये विर्तामोड नगरपालिकाको होल्डिङ सेन्टरमा रहेका केहीले घर जान पाउनुपर्ने भन्दै हो–हल्ला गरेका थिए ।
उद्दार गरेर ल्याएकाहरु सिधैं गाउँ छिर्ने हुन् कि भन्ने चिन्ता कसैले पनि लिनु नपर्ने बताउँदै प्रहरी प्रमुख कोइरालाले सम्बन्धित जिल्ला पठाउनु अघि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएर मात्र पठाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हचुवाका भरमा काम हुँदैन, उद्दार गरिएकालाई पठाउनु अघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालयलाई पत्राचार हुन्छ, गाउँपालिकालाई सूचना गरेर मात्र पठाइन्छ त्यतिकै हचुवाका भरमा छोडिदैन् ।’
हालसम्म उद्दार गरिएका मध्ये ताप्लेजुङका–३, पाँचथरका, २८ देखि ३०, इलामका १०, उदयपुरका २८सहित प्रदेश १ का २४० जना नागरिक रहेका छन् ।
पूर्वी नाका र झापाका सीमावर्ती क्षेत्रबाट उद्दार गरिएका भण्डै १ हजार ३ सय बढी नागरिक मध्ये अन्तर प्रदेशका छ सय जनालाई सम्बन्धित जिल्लामा पठाइसकिएको छ भने अझै ३ सयजति नागरिक पठाउनु पर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश–१ का नागरिकको पिसिआर गरेर मात्र जिल्ला पठाइने : झापा प्रहरी प्रमुख...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img