Homeसमाचारकचनकवलका ३३ जनामा कोरोना, क्वारेन्टाइन र होल्डिङ सेन्टर थपिंदै

कचनकवलका ३३ जनामा कोरोना, क्वारेन्टाइन र होल्डिङ सेन्टर थपिंदै

कचनकवल ८ जेठ । झापामा आज एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको छ ।
आज विहान झापा कचनकवलका १५ जनामा कोरोना पोजेटिभको रिपोर्ट सार्वजनिक गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अपरान्ह्र कोरोना सम्बन्धी मिडिया ब्रिफिङका क्रममा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसंगै झापामा एकै दिन २३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पछिल्लो समय थपिएका ८ जना पनि कचनकवलकै रहेको बताइएको छ । योसंगै झापामा कोरोना संक्रमणको संख्या ३५ पुगेको छ । यस अघि कचनकवलमा १०, बाह्रदशी र दमकमा १÷१ जनामा संक्रमण देखिएको थियो ।
तीनदिनमा कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका हुन् । भारतबाट एउटै समूहमा आएका ६५ जनाको पिसिआर नमूना परीक्षणका लागि स्वाब पठाइएका मध्ये विहिबार २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । उनीहरुको नमूना स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।
कोरोना पोजेटिभ देखिएका सबैलाई विहिबार नै उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ ।
यसअघि भारतको मुम्बईबाट ट्रकमा कचनकवल आइपुगेका ३३ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सो क्षेत्रबाट प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिनुभयो ।
कचनकवलमा बुधबारसम्ममा भारतबाट स्वदेश फर्किएका २१२ जना क्वारेन्टाइनमा रहेका छन् भने विहिबार यो समाचार तयार पार्दासम्ममा लगभग ४० जनाले नेपाल प्रवेश गरिसकेको बताइएको छ । भारतबाट नेपाल प्रवेश गरेकालाई क्वारेन्टाइनमा राखिएको छ ।
कचनकवलले महेन्द्र रत्न मावि, जानकी आधारभूत विद्यालय र लक्ष्मी माविमा थप ३ वटा क्वारेन्टाइन तयार गरेको छ भने क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाउने तयारी गरेको सांसद बानियाले जानकारी दिनुभयो । कचनकवल र भारतीय सीमावर्ती क्षेत्रबाट अझै झण्डै चारसय जना नेपालीहरु स्वदेश प्रवेश गर्ने आँकलन गरिए संगै होल्डिङ सेन्टर निर्माण गर्नुपर्ने आवश्यकता भएको सांसद बानियाँले बताउनु भयो । थप क्वारेन्टाइन र होल्डिङ सेन्टरबारे छलफल भइसकेको बताइएको छ ।
भारतबाट आएकाको स्वास्थ्य अवस्था नबुझि अन्यत्र गएमा समुदायमै कोरोना फैलने खतरा बढेसंगै होल्डिङ सेन्टर अनिवार्य भएको बानियाले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकचनकवलका ३३ जनामा कोरोना, क्वारेन्टाइन र होल्डिङ सेन्टर थपिंदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img