Homeसमाचारबेपर्वाह : सीमा सुरक्षामा

बेपर्वाह : सीमा सुरक्षामा

झापा २४ बैशाख । कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सीमामा हुने आवत जावतलाई नियन्त्रण गर्न यतिबेला झापासहित देशभरका दक्षिणी सीमा नाकामा सुरक्षाकर्मी तैनाथ छन् ।
नेपाल भारत दुवैदेशका मुख्य सिमानाका लकडाउनका कारण बन्द भएपनि खुल्ला सिमानाका कारण सीमामा हुन सक्ने आवत–जावत रोक्न स्थापना गरिएका सुरक्षाकर्मीका अस्थायी पोष्टहरु व्यवस्थित हुन सकेका छ्रन ।
नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने अस्थायी पोष्टहरुमा आधारभूत आवश्यकताका बाबजुद पनि सुरक्षाकर्मीले सीमा सुरक्षामा देखाएको सुरक्षाप्रतिको जिम्मेवारी सम्मानयोग्य पाइन्छ । सुरक्षा खटिएका सुरक्षाकर्मीका धेरै वासस्थानमा पिउने पानी, वत्ती, खाना पकाउने र खाने ठाउँ, शौचालय अभाव छ । खोलाको डिलैमा स्थापना गरिएका अस्थायी टेन्टहावाहुरी आए टेण्ड उडाएर लैजाला कि भन्ने खतरा अर्कोतिर पहाडमा पानी परे मेची खोलो उर्लेर आउँदा वासस्थान नै उठाउला कि भन्ने त्रास, तराईमा परे डुवाउँने जोखिम त छँदैछ । यी कुनैपनि कुराको पर्वाह नगरी (बेपर्वाह) सुरक्षाकर्मीहरु सीमा सुरक्षार्थ खटिएका छन् ।


आवत–जावत नियन्त्रण नै मुख्य चुनौति रहेको दक्षिणी सिमानामा सरकारले सुरक्षाकर्मीको उपस्थितिसंगै नियन्त्रण भएको संघीय सांसद राजेन्द्र लिङ्देनले बताउनु भयो । दयनीय अवस्थाबाट पनि सुरक्षाकर्मीले सीमामा जुन तदारुकता देखाए त्यो प्रशंसनीय रहेको लिङ्देनले बताउनु भयो ।
खाने, बस्ने र पिउने पानी समेत नपाउँदा पनि सुरक्षाकर्मी खटेको प्रदेश सांसद बसन्त बानियाँको भनाई छ । अनेकन अप्ठ्याराका बाबजुद पनि सुरक्षाकर्मीको खटाइ सम्मान योग्य रहेको सांसद बानियाँले बताउनु भयो ।
बस्ने खाने, शौचालयदेखि आधारभूत आवश्यकता समेत नभएको अवस्थामा पनि सुरक्षाकर्मीले बहन गरेको जिम्मेवारीले सह्रानीय रहेको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले बताउनुभयो । सुरक्षाकर्मीका लागि तत्काल जिल्ला तहबाटै केही व्यवस्था गर्ने पोर्तेलको भनाई छ ।
जटिल परिस्थितिमा दुःखका साथ सिमामा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च पार्नुपर्ने कांग्रेस झापा सभापति उद्धव थापाले बताए । स्याउला काटेर बसेर पनि सिमा सुरक्षामा सुरक्षाकर्मीका लागि तत्काल थप व्यवस्था गर्नुपर्ने औल्याउनु भयो ।
सिमामा दुःखका साथ खटिएका सुरक्षा पोष्टहरु सुधारका क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाको भनाइ छ । सिमामा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले आवत जावत रोकिएको भएपनि भारतीयहरुले नेपालको जमिनमा भारतीयले लगाएको खेति उठाउने बेला भएकोले केही समस्या आउने गरेको कोइरालाले बताउनु भयो । भएका सुरक्षापोष्टलाई दरो र बलियो बनाउन जरुरी हुनुका साथै जनशक्ति प्राप्त भए अझैपनि सुरक्षा पोष्ट थप्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
कोरोना संक्रमण जोखिम शुरु भएपछि झापाका सीमा क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका १३२ वटा पोष्टले १६० ठाउँमा गस्ति गर्दै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबेपर्वाह : सीमा सुरक्षामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img