Homeसमाचारघर फर्किएका तीनजनामा पुनः कोरोना पोजेटिभ

घर फर्किएका तीनजनामा पुनः कोरोना पोजेटिभ

काठमाडौं २४ बैशाख । विरगन्जमा बुधबार कोरोना पुष्टि भएका १७ जना मध्ये एकजना २ महिना शिशु समेत रहेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार त्यसबारे जानकारी गराएको हो। यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ।
१४ हजार ९६ वटा पिसिआर विधिबाट गरिएको कोरोना भाइरस परिक्षणबाट हालसम्ममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विगत केही दिनदेखि नेपालगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभको निरन्तर समाचार बाहिरीरहँदा बुधबार पनि १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
यसैबीच कोरोना संक्रमणको उपचारमा रहेका कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज भएका छन् । यसअघि १६ जना उपचारपछि घर फर्किएका थिए । कोरोना निको भएर घर फर्किएका काठमाडौंका ६५ वर्षीय पुरुषसहित ३ जनामा पुनः नमूना परीक्षणका क्रममा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघर फर्किएका तीनजनामा पुनः कोरोना पोजेटिभ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img